नेपाल विद्युत प्राधिकरण केन्द्र तौलिहवा शाखाले विद्युत चुहावट नियन्त्रण गर्नका लागि सार्वजनिक सुनुवाई अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्षेत्र अन्तर्गत स्थानिय तह हरुका वडामा चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरि विभिन्न किार्यक्रमलाई सहज बनाउँनका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको कार्यालयले जनाएको छ । विद्युत चुहावट नियन्त्रणमा लिई कानुनि प्रक्रियाअनुसार कारवाहि गरिनु मात्र नभई सम्बन्धित क्षेत्रमै चुहावट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दा जनताहरु सुशुचित हुने हुँदा यस्तो कार्यक्रमको थालनि गरिएको वितरण केन्द्र प्रमुख ईन्जिनियर जयकुमार यादवले बताएका छन् ।
असोज २२ गते शुद्धोधन गाउँपािलका वडा नं. १ सुर्यवलिया मा विद्युत चुहावट समिति गठन गरिएको छ । सो वडामा राम बहालको अध्यक्षता र वडा सदस्य नथ्य प्रसाद यादवको नेतृत्वमा बैठक बसि चुहावट नियन्त्रण सम्बन्धि समिति गठन गरिएको हो । उक्त वडाका ३ वटा टोलले आगामि दिनमा विन्द्युत चुहावट नगर्ने र गर्नेलाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत गरेको फिल्ड सुपरभाईजर कृष्ण पौडेलले बताए ।
त्यस्तै सम्बन्धित नगरपालिका र गाउँपािलकाका वडामा विद्युत चुहावट नियनत्रण सम्बन्धि अन्तरक्रिया गर्दा विद्युत चोरि गर्ने बतावरणलाई कमी गर्न सकिने र गठन गरिएको समितिको जिम्मेवारिले चुहावटामा नियन्त्रण गर्न सकिने बताइएको छ । चुहावट नियन्त्रण अन्तरक्रिया कार्यक्रम गर्दा सम्बन्धित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाका वडाअध्यक्ष, वडासदस्य, सम्पुर्ण राजनितिक दल, नागरिक समाज तथा वुद्धिजिवि लगायतको रोहवर मा समिति गठन गरिनेछ । अब मायाँदेवी गाउँपलिकाबाट उक्त चुहावट नियन्त्रण अन्तरक्रिया सुरु गरिने वितरण केन्द्र प्रमुख यादवले बताए ।