गृहपृष्ठ Featured अमेरिकाको टेक्सासमा बाढी : ४३ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा बाढी : ४३ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा आएको बाढीमा परी ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ जना बालबालिका रहेका छन् ।

प्रशासनले प्रभावितहरूलाई जीवितै उद्धारका लागि तीव्र गतिमा काम गरिरहेको जनाएको छ । बीबीसीका अनुसार त्यहाँस्थित ग्वाडलुप नदीको जलस्तर एक घण्टाभन्दा पनि कम समयमा ८ मिटरभन्दा बढी बढेको थियो ।

केयर काउन्टीका अधिकारीहरूका अनुसार नदी किनारमा रहेको इसाइ युवा शिविरबाट २७ जना बालबालिका बेपत्ता भएका छन् । हालसम्म ८५० जनाको उद्धार गरिएको जनाइएको छ ।

मौसम विभागले उक्त क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने जनाएको छ ।

सम्बन्धित् समाचार