गृहपृष्ठ खबर बालिकालाई करणीको प्रयास गर्ने युवक पक्राउ

बालिकालाई करणीको प्रयास गर्ने युवक पक्राउ

प्रकाशित मिति:

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ मधुनगरा स्थित एक युवाले १३ बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका छन । प्रहरीले यो घटनालाई गोप्य राखे पनि पीडीत परिवारले संचारकर्मीलाई जानकारी गारए पछि यो घटना बाहिर आएको हो । गत असोज ३१ गते राति यशोधरा गाउपालिका– ४ अम्लोनहाका २३ बर्षे लक्ष्मण पासी कोठामा पसेर बालिकालाई जबरजस्तीतकरणीको प्रयास गरेका थिए ।

आफ्नो मामा घर मुधनगर गएका बेला पीडीत बालिकाको मुख थनेर खुट्टा समाती कराणीको प्रयास गरे पछि पीडीत बालिका उम्केर हो हल्ला गरेकी थिईन् । हार गुहार र हल्ला गरे पछि गाउलेहरुले लक्ष्मणलाई नियन्त्रणमा लिई कुट्पीट् समेत गरेका थिए । गाउँलेहरुले लक्ष्मणलाई त्यही राति प्रहरीलाई बुझाएका थिए । प्रहरीले सो घटनाका बिषयमा पीडीत र पीडक पक्ष बिच छलफल गराएको थियो । पीडीत बालिकाले आफुलाई लक्ष्मणले नै करणीको प्रयास गरेको बताएकी थिईन् ।

पीडीतको बुवाले लक्ष्मण बिरुद्ध किटानी जाहरी दिए पछि लक्ष्मण बिरुद्ध जरबस्तीकरणि उद्योगका मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । उनले अदालतबाट म्याद थपी कारबाही प्रक्रिया अघि बढाईएको बताएका छन् ।

सम्बन्धित् समाचार