काठमाडौं,१४ कार्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रहरीले पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो।महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो। प्रहरीले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुर गरेको बताएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका थिए। मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति बताएका हुन्।
यो पनि पढ्नुहोस् -खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस
काठमाडौं १४ कार्तिक – छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको ठहर्याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ ।
अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगन्जका इन्जिनियर आशिष कार्की र केन्द्रीय कार्यालयका सहायक प्रबन्धक त्रिदिपकुमार श्रेष्ठको संलग्नता औंल्याउँदै कारबाही सिफारिस गरिएको हो । संस्थानको बुटवल तथा नेपालगन्ज कार्यालयका लागि डीआई पाइप तथा फिटिङ समान खरिदमा घोटाला भएको समितिको दाबी छ ।
‘संस्थानले दुई कार्यालयका लागि २५/२५ करोड रुपैयाँको पाइप खरिद गरेको देखाएको छ तर भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिएको छ । दुई ठाउँमा गरी संस्थानलाई २५ करोड घाटा भएको छ,’ प्रतिवेदनमा छ । संस्थानमा अनियमितता भएको विषय उठेपछि खानेपानी मन्त्रालयले छानबिन समिति बनाएको थियो ।
मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले उनीहरूमाथि भ्रष्टाचार ऐनअनुसार कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिए । ‘प्रतिवेदन अख्तियारलाई बुझाएका छौं,’ उनले भने, ‘उसले जे निर्णय गर्छ, त्यही हुन्छ ।’ कान्तिपुरबाट
यो पनि पढ्नुहोस्-डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैदको सजाय
काठमाडौं १४ कार्तिक- विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारी ठहर गरेको छ।
अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले श्रेष्ठलाई १ करोड १८ लाख ६६ हजार ७७६ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गरेको हो। श्रेष्ठलाई एक वर्ष कैद हुने ठहरसमेत गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फागुन २ गते श्रेष्ठ र उनकी पत्नीविरुद्ध १ करोड ६७ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
२०५४ साल साउन १ गते सेवा प्रवेश गरेका भक्तमानको २०७० साल साउन ४ गतेसम्मको सम्पत्ति मूल्यांकन भएको थियो। त्यसक्रममा तीन करोड ७९ लाख रुपैयाँ आर्जन गरेकोमा एक करोड ८५ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी थियो। अख्तियारले उनकी पत्नी शिलुलाई समेत प्रतिवादी बनाएको थियो। कान्तिपुरबाट