गृहपृष्ठ Featured साउन १ गतेदेखि गजेहडाबाट इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा (सुचनासहित)

साउन १ गतेदेखि गजेहडाबाट इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा (सुचनासहित)

वैखरी अनलाईन, बाणगंगा ।

इलाका प्रशासन कार्यालय, बाणगंगाले अब गजेहडाबाट सेवा सञ्चालन गर्ने भएको छ ।

हालसम्म बाणगंगा नगरपालिका–४, दरखास्तस्थित भाडाको भवनमा सञ्चालन हुँदै आएको उक्त कार्यालयले अब बाणगंगा नगरपालिकाको वडा नं.४ गजेहडाको वडा कार्यालय भवनको माथिल्लो तलाबाट सेवा सञ्चालन गर्ने भएको हो ।

बाणगंगा नगर कार्यपालिकाको असार ८ गतेको पत्रअनुसार कार्यालय स्थानान्तरण गरिएको हो । कार्यालय प्रमुख भेषराज पन्थका अनुसार आगामी २०८२ साल श्रावण १ गतेबाट नयाँ स्थानबाट नियमित रुपमा सेवा सञ्चालन गरिनेछ ।

सेवाग्राहीहरूले अबदेखि बाणगंगा नगरपालिका–४, गजेहडा स्थित वडा कार्यालयको माथिल्लो तलामा कार्यालयका सेवा लिन सक्ने जनाइएको छ । स्थानान्तरणसँगै सेवा प्रवाहमा थप सहजता र पहुँच सुनिश्चित हुने कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार