कपिलवस्तुको शिवराज नगरपालिका वडा नं । १ मा बुधबार राती १३ बर्षिय बालिका बलात्कृत भएकी छिन । राती शौच गर्न जादा स्थानीय २२ बर्षिय खिम बहादुर वि ।क । ले बारीमा लागी जवरजस्ती करणी गरेको भनि पिडित बालिका (नाम परिर्वतन सिमा )का परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन ।
देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जादै गर्दा जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पिडितले आरोप लगाएकी छिन । परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि परिवार विहिवार विहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।
उजुरीका आधारमा प्रहरीले युवकलाई विहिबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताउनु भयो ।
घेराउ गरी दोषीलाई कानुन बमोजिम कारबार्हि गर्न दवाव सिर्जना गर्ने जनाएको छ ।