– यदि मान्छे लाई आफ्नै परिवार देखी सपोर्ट र एक अर्काको सहारा मिल्दैन भने त्यो परिवार र त्यस परिवार का सदस्य कहिले पनि खुसी हुन सक्दैनन । हाम्रो बुवा आमा ले हाम्रो लागी दु:ख गर्नु भयो र हामी ले आफ्नो संतान र ती बुढा बा-आमा को लागी दुख गर्दै छौँ । यदि उनीहरुले नै तपाईं लाई बुझ्ने कोशिस गरेनन भने तपाईं ले किन र कसको लागि दुख गर्नु हुन्छ ? यदि आफ्नै जीवन संगिनी ले रुखो वचन लागाउँछिन र बा आमा ले तपाईं को मर्का बुझ्नु हुँदैन भने तपाईं ले यो खाडी मुलुक वा अर्काको देश मा गएर आफ्नो जिन्दगी किन र के का लागि बेच्दै हुनुहुन्छ ? परदेश मा रहेका आफ्ना छोरा आफ्ना पति आफ्नो बुवा लाई पैसा को खानी न सोँच्नु होला । पल्ला घर को रामे र तँ सङ्गै गएका थियौ उस्के यति पैसा पठायो तेरो आएन भन्ने ।
आफ्नो बुढा लाई संका गर्ने अनि आफ्नो सानो सानो बच्चा हरु सङ्ग बाबा को बारेमा नराम्रो कुरा हरु भन्ने यस्तो कहिले पनि नगर्नु होला । जिन्दगी आज छ भोलि छैन । परदेस मा कति दुख छ तपाईं लाई के थाहा ? मैले मेरो आफनै कुरा गर्छु म एक दिन बिरामी भएँ धेरै नै ज्वोरो आएको थियो म उठेर हिँड्न पनि सकेको थिएन मेरो रूम को सबै साथी हरु आफ्नो आफ्नो काम मा गएका थिए म बिरामी भएका कारण आफ्नो बिस्तरा बाट पनि उठ्न सकेको थिएन । भोक लागेको थियो प्यास लागेको थियो औसधि खान मन लागेको थियो तर मलाई सहयोग गर्ने कोहि थिएन । मेरो गाउँ को एक जना लेखनाथ पैडेल दाजु आर्कै कम्पनी मा काम गर्नु हुन्थ्यो त्यो दिन उहाँ को छुट्टि रहेछ र मैले त्यो दाजी सङ्ग फोन मा कुरा गरेर धेरै रोएको थिएँ मलाई आज पनि याद छ त्यो दाइ एक घन्टा खाडिको घाम मा पैदल हिँडेर म भएको मेरो रूम मा आउनु भयो र मलाई खाना पानी औसधि दिनु भएको थियो । आमा यहाँ कोहि पनि आफ्नो हुँदैन आमा कोठा मा सुतेको बेला सुतेको सुतै भयो भने पनि 2-3 दिन मा मात्र थाहा हुन्छ यहाँ पैसा र काम मात्र प्यरो हुन्छ मान्छे न प्यारो हुन्छ न त आफ्नो हुन्छ । यो मेरो भोगाई हो ।
म भन्दा धेरै दुख पाएका साथी भाइ हरु धेरै छन यहाँ सबै को समस्या र कथा लेखौँ भने म आफू लाई नै सम्हाल्न सक्दिन । घर देश होईन यो परदेश हो यहाँ काम को तनाब हुन्छ , बा- आमा को चिन्ता हुन्छ आफ्ना छोरा छोरी को चिन्ता हुन्छ आफ्नी श्रीमती को चिन्ता हुन्छ यो परदेशी लाई आफ्नो ख्याल आफै राख्नु पर्ने हुन्छ दसैं मनाउन नपाएको चिन्ता हुन्छ । तिहार मनाउन नपाएको चिन्ता हुन्छ । समय मा सेलरी न आएको चिन्ता हुन्छ । यहाँ एउटा नेपाली बाट नै आर्को नेपाली शोषित हुन्छ । बिहनै पलास्टिक मा बोकेर लगेको खाना दिउँसो खाँदा ठुस्स गनाउँछ घर मा आमा ले बनाएको मीठो खाना को याद आउँछ आँखा रसाउँछ । काम गनाउँछ सानो गल्ती भयो भने गाली सुन्नु पर्छ यहाँ सुख छैन परदेश मा काम गर्न लाई । हजारौं चिन्ताहरु सहेर आफ्नो परिवार लाई खुशी राख्दा राख्दै उसको आफ्नो जिन्दगी त यहि बिदेश मा बेचिएको पत्तो पाउँदैन परदेसी ले ।
यहाँ एक रुपैया खर्च गर्न १० पटक सोँच्नु पर्ने हुन्छ । उसले मीठो खाएको हुँदैन राम्रो लगाएको हुँदैन तर घर मा सबै लाई महङ्गो महङ्गो फोन चहिएको हुन्छ । सबै लाई महङ्गो समान चाहिन्छ । आई फोन चाहिन्छ आवस्यक भन्दा धेरै सोपिङ्ग गर्न पैसा चाहिन्छ । महिना को अन्तिम मा पैसा को लागि फोन आउँछ तर अरु बेला के छ कस्तो छ भनेर जान्ने कोसिस गरिदैन त्यही भएर विशेष गरि खाडिमा युवा हरु आत्महत्या गर्ने गर्छन किनभने उसलाई सबै ले पैसा फल्ने रुख सम्झन्छन् । घर को याद आएर जति पटक घर मा फोन गर्यो त्यत्ति पटक पैसा को कुरा नगर्नु उसलाई कस्तो छ के खाएको छ ?
काम कस्तो छ ? बसाई कस्तो छ मन खोलेर मीठो मीठो कुरा गर्नुस र उसको साथ मा भएको आभास गराउनुस । यदि यस्तो गर्न सक्नु भएन भने तपाईं को छोरा , बाबा, पति धेरै तनाब मा आएर डिप्रेसन को सिकार हुन्छन र आफू लाई एक्लो महसुस गर्छन अनि आत्महत्या गर्न बाध्य हुन्छन् । घर देखि टाढा हुनु हामी नेपाली को बाध्यता हो तर तपाईं हरुको खुसी को लागि परदेश आएको मान्छे लाई बुझ्ने कोसिस गर्नुस माया दिनुहोस् आफ्नो पन दिनुहोस् बल्ल तपाईं को सपना पूरा हुने छ तपाईंको परदेसिएको मान्छे खुसी हुने छ । यदि उसलाई पैसा आउने ATM मेसिन सम्झनु भयो र नराम्रो व्यवहार गर्नु भयो वा आफ्नो पन देखाउनु भएन भने तपाईं को मान्छे ले जरुर आत्महत्या गर्ने छ र रातो बाकस मा आउन बाध्य हुनेछ ।
- यो लेखक को ब्यक्तिगत बिचार हो !