गतको बैशाखमा ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा ल्याएकी नायिका तथा निर्मात्री केकी अधिकारी नयाँ सिनेमा निर्माणमा जुटेकी छन्।
केकीले बनाउने नयाँ सिनेमाको नाम ‘कन्याकुमारी’ जुराइएको छ। संयोग हो या जानाजान हो नायिका केकी अधिकारीले आफ्नो नाम ‘क’ बाट सुरु भएको छ छ भने उनले निर्माण गर्ने दोस्रो सिनेमाको नाम पनि ‘क’ बाटै जुराइएको छ, ‘कन्याकुमारी’।
यस अघि ‘क’ बाटै सुरु भएको नाम ‘कोहलपुर एक्सप्रेस’ राखेकी केकीले दोस्रो सिनेमा ‘कन्याकुमारी’ नै राख्नुका कारण नबताइए पनि उनको ‘क’प्रतिको मोह भएको बुझ्न सकिन्छ।
सिनेमाको नाम मात्रै फाइनल भएको बताउदै केकीले कथाको विकास गरिएको बताएकी छन्। प्राप्त जानकारी अनुसार उनी स्वयम् का साथै प्रियङ्का कार्की र ऋचा शर्मा फाइनल भएकी छन्।
सिनेमालाई ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका विशाल भण्डारीले गर्ने चर्चा छ। यता केकीले निर्देशनका लागि कोही पनि फाइनल नभएको बताएकी छन्।
स्क्रिप्ट र कास्ट पक्का गरेर ‘कन्याकुमारी’को छायाँकन यस वर्षको फागुनबाट सुरु गर्ने केकी बताउँछिन्। जुनकिरी आर्टस्बाट केकीले दोश्रो फिल्म निर्माण गर्ने तयारी गरेकी हुन्। उनी यतिबेला ‘सरकारी जागिर’को छायाँकनमा व्यस्त छिन्।