गृहपृष्ठ खबर धार्मिक सहिष्णुता र एकताले राष्ट्रियता बलियो बनाउँछ : कृषि मन्त्रि खनाल

धार्मिक सहिष्णुता र एकताले राष्ट्रियता बलियो बनाउँछ : कृषि मन्त्रि खनाल

प्रकाशित मिति:

संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव)ले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियता बलियो बनाउने बताएका छन् । सांस्कृतिक पर्वहरुलाई जिवन्त राख्नका लागी समेत धार्मिक एकता आवश्यक रहेकोमा उनले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलबस्तुले सदरमुकाम तौलिहवामा राखेको चाडपर्व केन्द्रित गरि आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले सबै धर्मको सार भनेकै आपसी सद्भाव र एकता रहेको बताए । मन्त्री खनालले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने बताउनु भयो । उहाले बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोटलार्ई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जिकिर गरे ।

त्यस अवसरमा प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले चाडपर्वले दुख साटसाट गर्नलाई समेत महत्व राख्ने बताएका छन् । उनले कुनै पनि राजनितिक दलले कार्यक्रम आयोजना गर्दा सबै राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहनु सकारात्मक पक्ष भएको समेत बताए । धार्मिक एकता नै संस्कृती संरक्षणको मुख्य आधार समेत रहेको सांसद कमालको भनाइ छ ।

गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको बुद्धस्थल तिलौराकोटको बिकासका लागि पैदल परिपथको योजना ल्याउन खोजे पनि तिलौराकोटलाई पछाडी पार्न खोजिएको भन्दै कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरुले गुनासो गरेका थिए । पर्यटन प्रबद्र्धनका लागी भएका स्थलको बिकाससँगै पर्यटक टिक्ने पुर्वाधार बिकासका लागी लाग्नु पर्नेमा उनिहरुको जोड थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद सहसराम यादवले कुनै पनि जात जाति भाषा धर्म संस्कृतिको आधारमा विभेद नगरि सबैले आआफ्नो मान्यता अनुसार चाडवाड मनाउँनु पर्ने बताए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलबस्तुको पार्टी कार्यालयको समेत उद्घाटन समेत गरिएको छ । जिल्लामा आपसि सम्बन्ध र शुभकाना साटासाट गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।

कपिलवस्तुका १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख, शासकिय अधिकृत, कार्यालयका प्रमुख, वडाअध्यक्ष, वडासदस्य, प्रमुख जिल्ला अधिकारि, कार्यकर्ता, सुरक्षाकर्मि र सञ्चारकर्मिको सहभागिता रहेको थियो । नेकपा नेता झविलाल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम विष्णु शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार