एजेन्सी । ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्।
नुहाइसकेपछि क्लो छातीमा तौलिया मात्र बेरेर घरबाहिनिस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले बेरेको तौलिया नै । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।
त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । तर उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।
३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।
यो पनि पढ्नुहोस् -गुगलका ४८ कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप, कम्पनीले गर्यो सबैलाई बर्खास्त
एजेन्सी । गुगल कम्पनीले आफ्ना १३ वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ। यी सबैमाथि पछिल्लो २ वर्षयता यौन दुर्व्यवहारको आरोप लागेको थियो।
गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम सार्वजनिक गर्दै एक पत्रमा लेखेका छन्, गुगल कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेका माथि यो कडा फैसला लिएको छ। यो पत्र न्यूयोर्क टाइम्सका एक रिर्पोटको जवाफमा लेखेका थिए, जसले भनेका थिए एंड्रोयड निर्माता एंण्डि रुबिनलाई उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो।
समाचारमा यो पनि लेखिएको थियो, रुबिनका एक प्रवत्ताले यस आरोप अस्वीकार गरेका छन्। रुबिनले सन् २०१४ मा आफ्नो कम्पनी छोडेका थिए। न्यूयोर्क टाइम्सका अनुसार उनलाई त्यस समय निकै ठूलो फेयरभेल दिइएको थियो।
सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, न्यूयोर्क टाइम्सको यस रिर्पोट पर्न निकै कष्टदायक छ। गुगल यस मुद्दाप्रति निकै गम्भिर छ। गुगल आफ्ना कर्मचारी र सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर छ।
उनले लेखेका छन्, हामी यो सुनिश्चित गर्न चाहन्छौँ की हामी यौन उत्पिडनसँग जोडिएका हर आरोपीको जाँच गरेका छौँ। जाँचपछि हामीले यस फैसला गरेका छन्। उनले उक्त पत्रमा यौन दुर्व्यवहारको आरोपमा बर्खास्त भएका ४८ कर्मचारीको नाम पनि उल्लेख गरेका छन्।