गृहपृष्ठ पत्रपत्रिका बाट ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

प्रकाशित मिति:

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।‘वाइड बडी किन ल्याइयो, किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् ? ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।

यो पनि पढ्नुहोस् -सडक निर्माण अलपत्र, सम्पर्कमा छैन निर्माण कम्पनी

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सम्वृद्धिसँग जोडिएको कलुवापुर–बेलौरी सडकमा निर्माण कम्पनीहरुले लापरबाही गरेको हो । भारतको सिमाना खजुरियासम्मको २५ किलोमिटर क्षेत्रमा काम गर्ने सबै निर्माण कम्पनीले भने लापरबाही गरेका हुन् । ३ करोड ३५ लाखमा ३ दशमदव ४ किलोमिटर सडक डिएस महरा जेभिले निर्माण गरेकोमा त्यो पुर्ण रुपमा भत्किएको छ । वि.स २०७२ असारमा सम्झौता भएर २०७४ भदौमा निर्माण सकिएको सडकको सो क्षेत्रमा खाल्डाखुल्डी परेका छन् ।

निर्माण पुरा भएको एक बर्षमा सडक उप्किएर भताभङ्ग भएपछि निर्माण कम्पनीलाई मर्मत गर्न सडक डिभिजन कार्यालयले निर्देशन दिएको छ । ३ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता भएकोमा ३ करोड २० लाख मात्र खर्च भएको थियो । कलुवापुरदेखी खजुरियासम्म २५ किलोमिटर सडकले कञ्चनपुर दक्षिण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरीएको थियो । सो सडकको सडक डिभिजन कार्यालय कञ्चनपुरले दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । अहिले निर्माण कम्पनी भागेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

यो पनि पढ्नुहोस् -कृषि फ्रेसको बदमासी : होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि

काठमाडौं। कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ ।उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ ।कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ ।कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ ।कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गानिकका नाममा पठाउने तथ्य फेला परेको खबर आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

सम्बन्धित् समाचार