गृहपृष्ठ Featured ‘अमित बराल जिताऔ अभियान’ सुरु

‘अमित बराल जिताऔ अभियान’ सुरु

प्रकाशित मिति:

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रुपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचार प्रसार सँगै सहयोग जुटाउनका लागि सैनामैनाका विभिन्न संघ संस्थाको आयोजनामा मंगलबारदेखी अमित बराल जिताऔ अभियान सुरु भएको हो ।

बराल जिताऔ अभियान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले अमित सैनामैनाको मात्र नभई राष्ट्रकै एक गहना भएको बताउनुभयो । उत्कृष्ट ६ मा पर्न सफल अमितको कला र प्रतिभाको उच्च सम्मान गर्दै सबैले भोट गरी सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले नगरपालिकाले अमितलाई जिताउन सहयोग गरेको बताउँदै अमितको पुर्ण सफलताको कामना गर्नुभयो । कार्यक्रममा रिजन चेयरपर्सन तथा लायन्स क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष तिलब के.सीले अमितलाई नेपाल आईडल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । बरालको सहयोगार्थ स्वरुप सबैले आ आफ्नो क्षेत्रबाट भोटिङ र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी लायन्स क्लव अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माले अमित देशको पहिचान भएको बताउनुभयो । सैनामैना संस्थागत विद्यालय संगठनका अध्यक्ष समेत रहेका शर्माले भन्नुभयो– ‘जब सम्म अमितलाई जिताउँदैनौ,तब सम्म अमित बराल जिताऔ अभियान रोकिन्न ।’ कार्यक्रममा नेकपाका जिल्ला सदस्य नर बहादुर घर्ती,नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी लगायतले बोल्दै अमित बराललाई जिताउन आफुहरुले सक्दो पहल गरिरहेको बताउनुभयो ।

साथै प्रदेश ५ कै एक मात्र प्रतिस्पर्धी रहेको हुदा अमित नेपाल आईडलको दाबेदार भएको बताउँदै सम्पुर्णलाई भोटका लागि अपिल गर्नुभएको छ । सैनामैना २ कालिकाचोकमा रहेको ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रममा लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सीले कार्यक्रम माथि प्रकाश पार्दै नेपाल आईडलमा सबै प्रतिस्पर्धाीको प्रस्तुति उत्कृष्ट रहेको तर बराललाई सर्वोत्कृष्ट गराउन प्रचार प्रसारमा कमी नहोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उक्त कार्यक्रममा नेपाल आईडलको टप ‘सिक्स’मा पुग्न सफल बरालको जिबनी र उहाँको नेपाल आइडलको हाल सम्मको यात्रा सम्मिलित सानो बृतचित्र प्रदर्शन गरिएको थियो । यसैबिच बराललाई जिताउन सहयोग स्वरुप लायन्स क्लव अफ सैनामैना, रोटरी क्लब अफ सैनामैना ,सैनामैना जेसिज ,आम समुह स्थानिय समाजसेवी व्यक्तित्व लगायतले आर्थिक सहयोग गरेका छन् ।

कार्यक्रम लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सी र रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,अमित बरालका बुवा जिवन बराल,आमा सीता बराल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने,प्रभात आवसीय बोडङ स्कुलका प्राचार्य अनन्तराम शर्मा,सैनामैना मेमोरियलका प्राचार्य जे.बी क्षेत्री,हिमाल बोडिङ स्कुलका प्रिन्सिपल हेमराज भट्टराई,जन्मुक्ति पार्टीका नगर संयोजक टम बहादुर सोमै,राप्रपाका नगर संयोजक ईश्वरी घिमीरे,नेकपा सैनामैनाका सेक्रेटरी प्रेम चन्द्र भुसाल लगायतको आतिथ्यतामा भएको हो ।

सैनामैना जेसिजका निवर्तमान अध्यक्ष नन्दु थापा क्षेत्रीको स्वागत, रोट्रयाक्ट क्लव अफ सैनामैनाका सल्लाहकार सुरज थापा मगरको धन्यवाद ज्ञापन तथा लायन्स क्लव अफ सैनामैनाका सचिव दिपक अधिकारीको संचालनमा सम्पन्न कार्यक्रम लायन्स क्लव अफ सैनामैना, रोटरी क्लव अफ सैनामैना, लायन्स क्ल्व अफ सैनामैना मलमला, लायन्स क्लव अफ सैनामैना सालझण्डी, सैनामैना जेसिज, लियो क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना, सैनामैना संस्थागत विद्यालय संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यस्तै अमित बराललाई जिताउन सैनामैनाका राजनितीक दलले ऐक्यबद्धता जनाएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सैनामैनाका सम्पुर्ण राजनितिक दलका प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल आईडलमा प्रतिस्पर्धा गरिरहेका सैनामैनाका प्रतिभा अमित बराललाई सैनामैनाबासीले भोट गरी सहयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित् समाचार