नेपाली कांग्रेस कपिलवस्तुले गत मंसिर ७ गते सुद्धोदन गाउपालिका– ४ मोतिभारीमा स्थानीय नेता राजाबावु भन्ने दिपेन्द्र चौधरीको हत्यामा संलग्न नभएका निर्दोष ब्यक्तिलाई पक्राउ गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । घटनामा तत्कालीन बिठुवा गाबिसका नेपाली कांग्रेस बुथ ईकाई समितिका सभापति अमित कुमार पाण्डेयलाई अनाहकमा पक्राउ गरिएको भन्दै कांग्रेसले पक्राउ परेको पाण्ेयलाई तत्कालै रिहा गर्न माग गरेको छ । पार्टीको जिल्ला सचिव महेन्द्र पाठकले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी निकालेको प्रेस बिज्ञप्तीमा सो माग गरिएको छ ।
केही राजनीीतक दलको दवामा प्रहरी प्रशासनले पाण्डेयलाई पक्राउ गरी मुद्दा समते चलाउने प्रयास गरेको र पाण्डेयको घरमा प्रहरी कै अगाडी अज्ञात जनताले लुटपाट र आगनी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पाण्डेयको मोतिभारीमा रहेको घर, कम्पाईन, ट्याक्टर, मोटरसाईकलमा आगजनी तथा अन्नपात, नगद, जिन्सी सामान समेत लुटपाट हुदा पनि प्रहरी प्रशासन मौन बस्नु दुः खद घटना भएको सचवि पाण्डेयले बताए । मंसिर ८ गते प्रहरीले ठोस कदम नचाल्दा लुटपाटर अगाजनी भएको उनले आरोप लगाए । उनले घटनाको वास्तविक दोाष्ीलाइ पक्राउ गरी कडा कारबाही नर्ग माग गरेका छन् । आगवजनी तोडपाmेड र लुटपाट घटनाको घोर भत्सना गदैृ घटनाको छानबिन सहीत शान्ति सुब्यवस्था कायम गर्न माग गरिएको छ ।
घटनामा मृतकका बुवाले किटानी जाहेरी दिईएको थिए । सामान्य बिवाद पछि अमितका भाई अजितले राजा वावुको गोली हानी हत्या गरेका थिए । घटनाको बेला अमित आफनो घरमा परिवारसंग रहेको सचिव पाण्डेयले बताए । दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई घटनाको दिन राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाका मुख्य अभियुक्त भने बन्टी भनिने अजित पाण्डे सहीत अन्य ५ जना भने फरार रहेको छन् ।