भारतको हरियाणमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ माइती भएकी वर्ष २३ की खेमकली सुनार मृत अवस्थामा फेला परेकी छिन् । बिहिबार उनको सव पङखामा झुन्डाइएको अवस्थामा भेटिएको बताइएको छ । सान बहादुर सुनार र कौशिल्या सुनार की छोरीको नेपाल घर सैनामैना नगरपालिका बुद्धनगर घर भई भारतको हरियाणामा बस्दै आएका गोर्खा पुलिसको आर्मि नं. ५३५१९९६ एन के ५४ जि आर सुनिल दुतराज सँग ३ वर्ष अगाडी विवाह भएको थियो ।
उनको १० महिनाको बच्चा समेत रहेको छ । मुखमा पट्टी बाँधिएको अवस्थामा शव फेला परेको र घर पक्षकाले उक्त घटनाको बारेमा माइती पक्षलाइ जानकारी नदिइ अरुले नै जानकारी दिएको भन्दै माइती पक्षले आत्महत्या नभइ हत्या गरीएको आशंका गरेका छन् । घरमा उनलाई उनका श्रीमान, सासु ससुराले दाईजोको विषयमा सधै दवाव दिने गरेको स्थानियले बताएका छन् । यति बेला न्यायको खोजीमा माइती पक्षका केही मानिस भारत प्रस्थान गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । घट्नाको अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरिले जनाएको छ ।