गृहपृष्ठ कला/साहित्य उत्तरकी अप्सरा सार्वजनिक

उत्तरकी अप्सरा सार्वजनिक

प्रकाशित मिति:

-भरतपुर / १५ मंसिर युवा लेखक कमल अर्यालको नयाँ कृति उत्तरकी अप्सराको विमोचन गरिएको छ । नारायणगढ स्थित सम्पूर्ण किताबको हलमा शनिबार एक कार्यक्रमको आयोजना गरि कृतिको विमोचन गरिएको हो । कृति यात्रा साहित्य हो । अर्यालको लेखन सुललित छ । उनको लेखनमा साहित्य छल्किएको छ ।

उत्तरकी अप्सरा सार्वजनिक कृति माथि बोल्दै समीक्षक एलबी क्षेत्रीले भने – चितवनबाट प्रकाशित यात्रा साहित्यका कृति मध्य अर्यालको कृति यात्रा साहित्यको अब्बल किताब हो । समीक्षक रामबाबु घिमिरेले कमलको लेखनले सगरमाथा छुन सक्ने क्षमता राख्नुपर्ने बताए । अहिलेको लेखनी हेर्दा उनिबाट यात्रा साहित्यका अझै राम्रा कृति आउने संभावना जिवित छन् – घिमिरेले भने । उनको ब्यक्तित्व र कृतित्व माथी केशवराज आमोदी, धनराज गिरी, उदय अधिकारी, भूपिन, राजेन्द्र पराजुली, डिएन अर्याल, विजय विश्वकर्मा, लेखराम सापकोटा लगायतले पनि बोलेका थिए । अर्याल विशेषगरी गजल लेख्छन् ।

गजल गायनमा पनि उनको विशेष दखल छ । गजल लेख्दालेख्दै लेखन बृत्तलाई फराकिलो बनाएका उनले सगरमाथाको आधारशिविर घुमघामका क्रममा बटुलेका अनुभवलाई यात्रा साहित्य भनेर संकलन गरेका हुन् । उनका यसअघि तिमी आउनु अघि, तिमी आएपछि र लौरो गरि तीन गजल संग्रह प्रकाशित छन् ।

सम्बन्धित् समाचार