काठमाडौँ / विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
कमल थापाले एकताको बाटो बन्द गरेपछि…
काठमाडौं / राप्रपा प्रजातान्त्रिकका महामनत्ती सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफुहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे ।
समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन आ—आफ्ना बाटो जाओँ पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलार्य छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौँ, उनले भने वार्ता सकारात्मक भएको छ ।
केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ । राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाच पुर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि लचिलो बन्न आग्रह गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
यस्तो रहेछ मलेसियाको रोजगारी खुल्न नसक्नुको कारण
काठमाडौं / श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो।
बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ । कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा गरी लाग्ने करिब १८ हजार रुपैयाँ आफ्नै देशका रोजगारदातालाई तिराउन राजी भयो। त्यसलाई स्वीकार्न बाध्य भएका मन्त्री विष्टले तिनका ठाउँमा नयाँ व्यवसायी भित्र्याउन चाहेको मन्त्रालय स्रोतले बतायो। यो आकर्षक कमाइ हुने व्यवसाय हो।
स्रोतका अनुसार भीएलएन र ओएससीका लागि पूजा चन्द ठकुरी, आईएससीका लागि सन्तोष कार्की र बायोमेट्रिक मेडिकलमा रघु पुरीलगायत केही व्यवसायी वैकल्पिक अवसरको दाउमा छन्। चन्द ऊर्जा व्यवसायी हुन्। पुरीको दि रिभर ओभरसिज बढी उजुरी पर्ने म्यानपावरमा पर्छ। आजको अन्नपुर्ण पोष्टमा दैनिकमा खबर रहेकाे छ ।