काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।
‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आज पनि चर्चित नै छ। यो कसको कमजोरी हो ? एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन्। अनि यो भन्दा निकम्मा सरकार अरु को होला?’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यो देशमा यतिका प्रहरी छन्। सशस्त्र प्रहरी छन्। सेना छ। लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन्। अझ नपुगेर भर्ना गरिँदैछ, के को लागि? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि?’ याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।
मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद
काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।
९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातवटै प्रदेशमा कार्यक्रम तय गर्यो । तर, संसदको महिला तथा सामाजिक समितिले १२ मंसिरमा आफुहरुलाई पनि कार्यक्रममा बोलाउन निर्देशन दियो ।
त्यसपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेशस्तरमा हुने कार्यक्रममा सहभागी गराएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।