काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए।
‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने।उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए।
‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने। प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्लारु’ ओलीले प्रश्न गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।
आन्तरिक सुरक्षाको नयाँ कानुन बन्दै
काठमाडौं। सरकारले मुलुकको कुनै भागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि भई मुलुक तथा प्रदेशको आन्तरिक सुरक्षामा गम्भीर संकट सिर्जना भएमा केन्द्रीय कमान्ड फोर्सले नै नियन्त्रण गर्ने गरी आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी कानुनको मस्यौदालाई अन्तिम रूप दिएको छ ।गृह मन्त्रालयले तयार पारेको आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन, २०७५ को मस्यौदा परामर्शका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले संघीय शासनअनुरूप हुने गरी मुलुकको समग्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले पहिलोपटक नयाँ कानुन निर्माणलाई अघि बढाएको हो ।गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी विधेयकको मस्यौदा आवश्यक परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिए । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।
राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी
काठमाडौं | आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।समाचारकाे अनुसार परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ ।