गृहपृष्ठ Featured दाङ दुर्घटना : शोकमा दाङका बजार र विद्यालय बन्द, रित्तियो शिक्षालय

दाङ दुर्घटना : शोकमा दाङका बजार र विद्यालय बन्द, रित्तियो शिक्षालय

प्रकाशित मिति:

दाङ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सम्बन्धित् समाचार