कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नः ११ ओदारीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइसिएफसि फाइनान्स लिमिटेड ओदारी शाखा र सि एण्डसि अस्पताल जितपुरकोे सहकार्यमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना गरिएको हो । सो अवसरमा दन्त परिक्षण, मुटुको ईसिजि, रतmचाप , मधुमेहको जाचसगै निशुल्क उपचारको ब्यवस्था समेत गरिएको आइसिएफसि फाइनान्स लिमिटेडका क्षेत्रीय ब्यवस्थापक अमृत शर्माले जानकारी दिए । बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको स्वास्थ्य परिक्षण गर्दै निशुल्क स्वास्थ्य शिविर उद्यघाटन गरिएको थियो । बित्तिय सस्थाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर उदारणीय काम गरेको बताउदै अन्य बित्तिय सस्थाले पनि यसको सिको गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले बताए ।
विरमा बाणगंगा र कपिलवस्तु नगरपालिकाका साथै शुद्धोधन गाउपालिकाबाट ४२५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको आइसिएफसि फाइनान्स लिमिटेड ओदारीका प्रमुख रमेश ज्ञवालीले बताए । सो अवसरमा सि एण्डसि अस्पतालका डा.प्रकाश पुन, डा. निलम थापा र डा लक्ष्मण खडकाले बिरामीको जाच गरेको आइसिएफसि फाइनान्स लिमिटेड ओदारी शाखाका कर प्रमुख कुमार थापाले जानकारी दिए । ओदारी बजारमा यसरी निशुल्क स्वास्थ्य परिक्षण हुदा सहभागि निकै खुशी भएको बताउदै समयसमयमा यस्ता राम्रा काम निरन्तर हुन आवश्यक रहेको बताए थिए ।