गृहपृष्ठ Featured सोनवागढ क्षेत्रमा उत्खनन सकियो

सोनवागढ क्षेत्रमा उत्खनन सकियो

प्रकाशित मिति:

कपिलबस्तुको शिबराज नगरपालिका ३ मा रहेको ऐतिहासिक स्थल सोनवागढ क्षेत्रको उत्खन्नको पहिलो चरणको काम समपन्न भएको छ । लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खन्नको काम समपन्न गर्दा बिभिन्न गुप्तकालिन इँटाहरु , माटोका भाँडाका टुक्राहरु, बिभिन्न माटोका घोडा लगायतका मुर्तीहरु भेटिएका छन ।
मन्दिरको वरपर पाँच किलो मिटर वरपर सम्म बिभिन्न पुरातत्विक बस्तुह छरपस्ट रहेको भइ पनि हाल मन्दिरको छेउ दुइ वटा ट्रेन्च बनाएर उत्खन्न गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुङगा तथा इँटाहरु फेला परेकोले सोनवागण पनि तत्कालिन राजाको राजदरवार हुन सक्ने प्रदेश सांसद अर्जुन केसीले बताउनु भयो ।
उत्खन्नको क्रममा शिव मन्दिरहरुमा बनाइने शिबको वहान बसाह पनि भेटिएको र अन्य स्थानमा पनि उत्खनन गरेर पनि सोनवागढको सम्बन्ध लुम्बिनी सँग भएको पत्ता लाग्ने भएको बताउदै सांसद केसिले स्थानिय तह लगायत प्रदेश सरकारबाट पनि आगामी बर्ष अन्उ स्थानमा पनि उत्खननको लागी बजेटको व्यवस्थाको लागी बिशेष पहल गरेर यस सोनवागढ आसपासका सबै ठाउँमा उत्खन्न जारी राख्ने बताउनु भएको छ ।
समापन कार्यक्रममा बोल्दै शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सोनवागढ उत्खन्न गर्दा फेला परेका पुरातात्कि बस्तुहरु यसै क्षेत्रमा संग्राहलय निमार्ण गरेर प्रर्दशनको ब्यवस्था मिलाउन सके अझ यसको महत्व बढ्ने भएकोले पनि आगामी दिनमा समेत उत्खनन गरेर फेला परेका बस्तु प्रर्दशनको लागी प्रयास गर्ने बतानु भयो ।
फोटो ः कपिलबस्तुको शिबराज नगरपालिका वडा नम्बर ३ मा रहेको सोनवागढ क्षेत्रको उत्खननको समयमा भेटिएका बिभिन्न गुप्तकालिन सामाग्री अवलोकन गदै प्रदेश सांसद अर्जुन केसी लगायत

सम्बन्धित् समाचार