गृहपृष्ठ Featured राष्ट्रको ढुकुटीमा भीआईपीको ब्रम्हलुट, प्रदेश १ मा पनि करोडौका गाडी खरिद

राष्ट्रको ढुकुटीमा भीआईपीको ब्रम्हलुट, प्रदेश १ मा पनि करोडौका गाडी खरिद

प्रकाशित मिति:

मोरङ । केही समय अघि राष्ट्रपतिका लागी १८ करोडको गाडी खरिद गर्न लागिएको बिषयले राम्रै चर्चा पायो । हुन त डाडु पन्यु आफनै हातमा भएका बेला जे गरेपनि अरुलाई टाउको दुखाई भएर पो के हुन्छ र तरपनि जनताले एक एक रुपैया गरी तिरेको करबाट आर्जित देशको ढुकुटीमा यसरी ब्रम्हलुट मच्चाउँदा जनतामा निराशा छाउनु र आक्रोश पोख्नु स्वभाविक नै हो । यहि सन्र्दभमा प्रदेश १ सरकारले पनि सोही सिको गर्दै करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ ।

प्रदेश सरकार गठन भएको दुई बर्ष सम्म कुनै सिन्को नभाचेको प्रदेश सरकारले बिभिन्न तालिम र गोष्ठीको उदघाटन बाहेक केही गर्न सकेको छैन । प्रदेशको स्थायी राजधानी र नाम अन्यौलमै छन । यहिबिचमा भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि भन्दै प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई वटा गाडी खरिद गरेको हो ।

चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका शाखा अधिकृत एवं गाडी खरिद इकाई समितिका संयोजक मनोज कार्कीले स्पेसिफिकेशन तोकेर ई–बिडिङबाट गाडी खरिद गरेको जानकारी दिएका छन ।

उनले भने, ‘प्रदेश सरकारले छुट्याएको बजेटको परिधिमा रहेर नँया गाडी खरिद गरिएको छ, खरिद गरिएको सवारी साधन भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनमा प्रयोग हुनेछ ।’ प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो । विभिन्न कार्यालयका सवारी साधन यसमा लागि प्रयोग गर्ने गरिएको थियो । नयाँ गाडी खरिदसँगै प्रदेश सरकारलाई सहज भएको छ ।

भिआइपी र भिभिआईपीका लागी यस्ता महंगा गाडी खरिद गरेपनि सभा र सम्मेलनको उदघाटनका लागी जान सहज भएपनि यस्ले गतिलो सन्देश भने पक्कै पनि दिएको छैन । फुर्सर्दिला सांसद र मन्त्रीहरुका लागी सुबिधा मात्र उपलब्ध गराउने तर काम भने शुन्य बन्दा हात्ति आयो,हात्ति आयो फुस्सा भनेझै भएको छ ।

सम्बन्धित् समाचार