गृहपृष्ठ खबर कपिलवस्तु मा स्वतन्त्र राजनीतिक समूह को विस्तार तिव्र

कपिलवस्तु मा स्वतन्त्र राजनीतिक समूह को विस्तार तिव्र

प्रकाशित मिति:
कपिलवस्तु मा स्वतन्त्र राजनीतिक समूह को विस्तार तिव्र
२६ पौष कपिलवस्तु/संवाददाता

देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या समाधान गर्ने, आर्थिक–सामाजिक विभेदलाई समाप्त पार्ने लगायतका विषयमा  केन्द्रित रहि  यी समस्याहरू समाधान गर्नेतर्फ स्वतन्त्र राजनीतिक समूह प्रतिबद्ध रह्ने गरि कपिलवस्तु को कृष्णानगर नगरपालिका वडा नं ६  मा  धर्मेन्द्र कुमार शुक्ल (वीरू), इलियास मनिहार, श्याम सुंदर मिश्र (गुडालु)  र मंगल यादव रहने गरि स्वतन्त्र राजनीतिक समूह को  चार सदस्य को वडा स्तरीय इकाई समिति गठन गरिएको छ।

उद्घोषक को भूमिका  विरेन्द्र कुमार शुक्ल ले गर्नु भयो।उक्त समूह को प्रभावशाली युवा नेता धर्मेन्द्र कुमार शुक्ल (वीरू) को आयोजना र  मन बहाल प्रसाद शुक्ल को अध्यक्षता मा सुरु गरिएको भेला मा प्रमुख अतिथि पूर्व मंत्री इश्वर दयाल मिश्र, आमंत्रित बिशिष्ट अतिथि शिवराज नगरपालिका का मेयर नेत्र राज अधिकारी, आमंत्रित अतिथि नेकपा कृष्णानगर नगरपालिका का अध्यक्ष जावेद आलम खां, उद्योग वाणिज्य संघ कृष्णानगर का अध्यक्ष गुरु सरण सिंह (वंटी सरदार) राष्ट्रीय मदरसा संघ नेपाल का  राष्ट्रीय महासचिव मौलाना मसहूद खां नेपाली, विराट केसी,  जगत मान केसी, चन्द्र प्रकास मिश्र,मदन सापकोटा , जबेद आलम खान, संजय मिश्र, रहिम मनीहार, पंचम कहार, श्याम लाल चमार, दिपेन्द्र मिश्र, राम कृपाल उपाध्याय, पूर्व वडा अध्यक्ष सलिम दर्जी, कौशल भुज, विजय राज कुर्मी, नइमुदीन मुसलमान, नइम शाह लगायत समाज सेवी,  बुद्धिजीवीहरु, विकास  प्रेमी, शिक्षा प्रेमी  र  स्थानीय महिला लगायत लगभग ३०० जना को उपस्थित रह्यो। स्वागत मन्तव्य राख्दै पंचम काहार ले उक्त भेला मा  आउनु हुने सबै लाई  स्वागत गर्दै आ आफ्नो स्थान बाट सबै ले सहयोग गर्नु पर्ने कुरा राख्नु भयो।

नेत्र राज अधिकारी ले पूर्व मंत्री मिश्र विकास प्रेमी नेता हुन यो समूह चाडो नेकपा मा समायोजन हुने आसा व्यक्त गर्नु भयो, पूर्व मंत्री मिश्र ले माननीय प्रधानमंत्री के पी  ओली नेतृत्व को सरकार ले लोकप्रिय काम गरिरहेको र उक्त सरकार लाई बदनाम गर्ने आराजक तत्व  निरुत्साहित हुने छन।स.स.फो.नेपाल प्रति कडा प्रहार गर्दै चुनाव मा बाम गठबंधन को विरोध गर्ने र सरकार बने पछि सरकार  मा सामेल हुने दोहोरो खेल खेलिरहेको कुरा बताउनु भयो, जाबेद आलम खां ले स्वतन्त्र राजनीतिक समूह लाइ चाडै नेकपा पार्टी मा आउन आग्रह गर्दै कृष्णानगर नगरपालिका भित्र का जनता को सहयोग गर्न  आफू सदैव तयार रहने कुरा बताउनु भयो। मन बहाल प्रसाद शुक्ल ले उपस्थित सबै संग सदैव पूर्व मंत्री मिश्र को साथ र सहयोग दिन आग्रह गर्दै सबै लाइ धन्यवाद दिदै सभा समापन को घोषणा गर्नु भयो।

सम्बन्धित् समाचार