गृहपृष्ठ Featured कपिलवस्तुमा सर्वाधिक करदाता बने युवा व्यवसायी आशिष शर्मा

कपिलवस्तुमा सर्वाधिक करदाता बने युवा व्यवसायी आशिष शर्मा

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा सर्वाधिक कर तिर्ने करदाताका रूपमा युवा व्यवसायी आशिष शर्मा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा जिल्लामै सर्वाधिक कर योगदान गर्ने करदाताका रूपमा शर्मालाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको हो ।

एग्रीवस्तु कोल्ड स्टोरेजका सञ्चालकसमेत रहेका शर्माले जिल्लामा सबैभन्दा बढी कर दाखिला गरी राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

कर दिवसका अवसरमा आयोजित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुखले शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

व्यवसाय सञ्चालनसँगै राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका शर्माको योगदानको कदर गर्दै सम्मान गरिएको हो । जिल्लामा सर्वाधिक करदाता बनेर सम्मानित हुनुले निजी क्षेत्रबाट राज्यको आर्थिक समृद्धि र विकासमा पुर्‍याउन सकिने योगदानलाई समेत उजागर गरेको छ ।

करदातालाई सम्मान गर्ने कार्यक्रमले व्यवसायीलाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्नुका साथै करप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राज्य सञ्चालन, पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहका लागि कर राजस्वको महत्वपूर्ण भूमिका रहने भएकाले इमानदारीपूर्वक कर तिर्ने करदाताको सम्मानले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ

सम्बन्धित् समाचार