गृहपृष्ठ कला/साहित्य कोरियामा ‘छुटेका अनुहार’

कोरियामा ‘छुटेका अनुहार’

प्रकाशित मिति:

पछिल्लो समय नेपाली कला साहित्यको माग बिदेशमा बढ्दो छ । यसै क्रममा गत आईतबार
दक्षिण कोरियामा रमेश सायनद्वारा लिखित निबन्धसंग्रह ‘छुटेका अनुहार’ माथी विमर्श भएको छ । “सायन संवाद” नाम दिइएको उक्त कार्यक्रम नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको हो। कोरियाको औद्योगिक सहर थेगु स्थित स्थानिय तारा रेस्टुरेन्टको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको बिशेष अतिथिको रूपमा निबन्ध संग्रह ‘छुटेका अनुहार’ तथा कविता संग्रह ‘ भागेर भूगोलभरि’ का लेखक रमेश सायन उपस्थित थिए। रमेश सायन पछिल्लो पुस्ताको दिलमा बसेका कवि तथा निवन्धकार हुन्। रमेश सायनको निबन्धसंग्रह छुटेका अनुहार यसै साल प्रकाशन भएको हो । हप्तादिन अघि मात्र लेखक सायन उक्त कार्यक्रमको लागि भनेर दक्षिण कोरिया पुगेका थिए ।

सायनसंगको अंतरंग सम्वादमा सहजिकरणको भुमिकामा बिष्नु वाग्ले, छुटेका अनुहारभित्रको साथी पात्र बोनम प्रताप र पाठक गणेश पौडेल रहेका थिए । संवादको मुख्य आकर्षण थियो छुटेका अनुहारभित्र जिवन दर्शन र यौन मनोबिज्ञानको खोज । संवादकै क्रममा कवि बोनम प्रतावले बिगत कोट्याएर उपस्थित पाठकहरूलाई मनमौजि हँसाए । लेखक स्वयं पनि कतिठाउँमा आफ्नो बिगत सम्झिएर गम्भिर भए भने कतिठाउँमा दिल खोलेर हाँसे । छुटेका अनुहार भित्रका कतिपय निबन्धहरू सायनले दक्षिण कोरियामै लेखेका हुन् । उसोत लेखक सायनले बैदेशिक रोजगारिको क्रममा आफ्नो जिवनका केहि अमुल्य बर्षहरू दक्षिण कोरियामा बिताएका छन् ।

सायन संवादपछि रचना वाचनको कार्यक्रम पनि भएको थियो । कविहरू मणी भुषाल, सन्तोष पौड्याल, मात्रिका नेम्वाङ लगायत आधा दर्जन कविहरूले आफ्ना कविताहरू सुनाएका थिए । साथै बैदेशिक रोजगारिमै रहेका केहि स्थानिय गायकहरूले विभिन्न गीत गाएर सुनमा सुगन्ध भर्ने काम गरे।

सम्बन्धित् समाचार