गृहपृष्ठ खबर कपिलवस्तुमा पुराना भाडा किन्ने भन्दै आएकी महिलाले लुटिन १० तोला सुन

कपिलवस्तुमा पुराना भाडा किन्ने भन्दै आएकी महिलाले लुटिन १० तोला सुन

प्रकाशित मिति:

शिवराज नगरपालिका वडा नं ४ मा शुक्रबार दिउसो चोरी भएको छ । सोनवर्षि गाउँका ४ जना महिलाहरुबाट चोरले १० तोला सुनका गहनाहरु चोरी गरेको पिडितहरुले बताएका छन । घरमा प्रयोग भएका पुराना भाडाहरु खरिद गर्न घरमा आएकी एक महिलाले उक्त गहना चोरी गरेको महिलाहरुले आरोप लगाएका छन ।
सोनवर्षीका सिता भुसाल, भूमिका कडेल, लक्ष्मी कडेल र पिंकी खत्रीको साथबाट १० तोला बराबरको गहना चोरी गरी लगेको उनीहरुले बताएका छन । अपरिचत महिलाले मोहनी लगाएर आफुहरु संगबाट गहना लगेको पिडीतहरुले बताएका छन । पुराना भाडाहरु खरिद गर्ने निहुमा घरमा आएका अपरिचित महिलाले कुराकानी गर्दै पिठ सुम्सुमाएको र आफुहरुलाई कुनै चेत नभएको पिडित लक्ष्मी कडेलले बताइन । शुक्रबार दिउँसो करिब १ बजे तिर आएकी महिलाले मोहनी मन्त्र गरी आफुहरु संगबाट सम्पूर्ण गर गहना लगेको उनीहरुले बताएका छन ।
महिलाहरुले आफुहरु लुटिएको थाहा भए पछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन । स्थानी महेन्द्र केवटलेभाडा साट्ने महिलाको तस्बिर लिएका थिए । सोहि तस्बिर पिडितलाई देखाँउदा आफुहरुलाई लुट्ने महिला उ नै भएको दावी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । गहना लुपाट गर्नेको पहिचान भएकोले उसको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ । साथै भाडा किन्न भनि घरमा आउने अपरिचत व्यक्तिबाट सजग रहन समेत प्रहरीले सबैमा अनुरोध गरेको छ 

सम्बन्धित् समाचार