गृहपृष्ठ खबर कपिलवस्तुमा ४० किलो चरेस सहित २ भारतिय नागरिक पक्राउ

कपिलवस्तुमा ४० किलो चरेस सहित २ भारतिय नागरिक पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा चरेस सहित २ जना भारतीय नागरिक  प्रकाउ  गरेको छ । आइतबार विहान विसेश सुराकीको आधारमा कृष्णनगर नाका हुंदै भारत तर्फलादै गरेको ४० केजी चरेस बहादुरगंजमा प्रकाउ गरेको हो । चरेस ओसार पसार गरी भारत तर्फ लादै गरेका भारतको जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना रक्सौल ग्राम वस्ने वर्ष २६ का ताहिर र सोही स्थानका ३२ वर्षिय मोहमद आलमलाई प्रकाउ गरीएको कपिलवस्तु प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको छ ।

निजहरु कृष्णनगर नगरपालिकाको सिमा नाका क्षेत्रमा वस्ने र नेपालका पहाडी जिल्ला वाट लुकी छिपि चरेस ओसार पसार गर्ने गरेको खुल्न आएको प्रहरी नायव उपरिक्षक रवी  रावलले बताए । झोला र जरकिनमा माथिवाट घिउ राखेर सो भित्र लुकाएर लैजादा गर्दे प्रहरीले चरेस  प्रकाउ गरेको थियो । प्रकाउ परेकालाई जिल्ला अदालतमा ५ दिने म्याद थपी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिएको समेत रावलले जनाए ।

पत्रकार सम्मेलनमा कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०७५।७६ मा प्रहरीले गरेका प्रगती विवरण समेत सार्वजनीक गरेको थियो । वरामद चरेसको करिव १२ लाख नेपाली मुल्य पर्ने प्रहरीले जानएको छ । कपिलवस्तुमा खुल्ला सिमानाका कारण जिल्लाका विभिन्न नाका हुंदै भारत तर्फ चरेस विक्रीको लागी वाटो नै बन्न गएको छ ।

सम्बन्धित् समाचार