राष्ट्रिय प्रजातन्त्र पार्टिको आयोजनामा हिन्दु राष्ट पुनस्थापना अभियान नेपाल अधिराज्य भरि घरदैलो कार्यक्रम तथा प्रचार प्रसार अभियान अन्तर्गत जिल्लाका सम्पुर्ण स्थानिय तहमा प्रचार वितरण गरि कपिलवस्तुमा पनि सञ्चालन गरिएको छ । अभियानमा अन्य ब्यक्तिहरुको सहभागिता रहेको छ । आज र भोलि जिल्लामा घरदैलो कार्यक्रम गर्ने निर्णय भएको छ । माघ ११ गते महाराजगंजमा र १३ गते पकडिमा कोणससभा गरिने बताईएको छ ।
त्यस्तै बुद्धभुमि नगरमा भिष्म बञ्जाडे, शेर बहादुर जिसि, भेषराज पौडेल, लिलाखर अधिकारि, चेतनारायण खनालको प्रतिनिधित्व, वाणगंगा नगरपालिकामा धुर्व रायमाझि, गिरिराज कंडेल, ईश्वर गिरी, रामु घिमिरे, प्रकाश भुसाल, सरस्वती ज्ञवालि, डिल्लिराज शर्माको प्रतिनिधित्व, कपिलवस्तु नगरपालिकामा नारायण बहादुर सिं, शंकर घिमिरे, मनोज पाण्डे, ग्रिसचन्द विभोरि, विजयी लक्ष्मी सिंको प्रतिनिधित्व, महाराजगंज नगरपालिकामा नानु चौधरि, वाल्जी चौधरि, पशुपति कुर्मि चौधरिको प्रतिनिधित्व, मायादेवि गाउँपलिकामा कुन्जी विहारि उपाध्याय सय खुल्ला मल्लिब, सर्जु प्रताप मिश्रको प्रतिनिधित्व, शुद्धोधन गाउपालिकामा अगु हरिराज डकालि मुसलवान, शुद्धोधन पाण्डे, रामनारायण गुप्ता तेलिको प्रतिनिधित्व, यशोधरा गाउपालिकामा रामा नन्द पाठक, चन्द्रदेव मिश्र, हरिराम यादव, ओम प्रकाश श्रीवास्तव, जगन्नाथ मिश्र, राम माझि पाण्डेको प्रतिनिधित्वमा उक्त अभियान सञ्चालन गरिने छ ।
त्यस्तै कृष्णनगर नगरपालिकामा प्रताप सिं चौधरि, सुरेन्द्र प्रताप मौरिया, गुदहि मौरियाको प्रतिनिधित्व, शिवराज नगरमा राजेन्द्र अधिकारि, शिव अलि वक्सिन मुसलवान, गंगा बराम कुर्मिको प्रतिनिधित्व तथा विजयनगर गाउपालिकामा हनुमान यादव, किजहार खाँन लगायतको प्रतिनिधित्वमा उक्त अभियान सञ्चालन गरिने बताईएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टिले विगतमा केहि वर्षयता धर्म निरपेक्षताको आडमा नेपालको यो सनातन धर्म र संस्कृतिलाई विस्थापित गरेर विदेशि धर्म र संस्कृति लाद्ने षड्यन्त्र भईरहेको अवस्थामा संगठित रुपले लोभ लालच दिएर र भ्रम सिर्जना गरेर ब्यापक रुपमा धर्म परिवर्तन गराउँने काम देशमा भईरहेको भन्दै विरोध जनाएको भईरहेको भन्दै विरोध जनाएको छ । नेपालको संविधानले संगठित रुपमा र जवरजस्ति धर्म परिवर्तन गराउँने कार्यलाई निषेध गरेको छ तर सरकार आफैले धर्म परिवर्तन गर्ने कामलाई प्रोत्साहन र सहयोग गर्ने काम गरिरहेको छ । साथै सनातन धर्म नेपालको राष्टिय पहिचान, एकताको आधार र समाज व्यबस्थाको अधार स्तम्भ हो भन्ने विर्सन नहुँने भन्दै अध्यक्ष कमल थापाको हस्ताक्षरमा हार्दिक अपिल सहित सरकारको ध्यानाकर्षण गराईएको छ ।