कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवामा प्रथम कोपवा माघि महोत्सव सम्पन्न भएको छ । वडा नं.५ को आयोजनामा सम्पन्न महोत्सवमा थारु संस्कृति संग सान्दर्भिक विभिन्न भेषभुषा कला संस्कृति सम्बन्धी झुमरा, झर्रा रेकड डान्स, नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद विष्णु पन्थीले प्रदेश ५ थारु जातिको वाहुल्यता भएको प्रदेश भएकाले प्रदेश सरकारले पनि थारु जातिको पहिचानमा जोड दिने बताए । कार्यक्रमका विशिष्ट अतिथि वाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुले वाणगंगा नगरपालिकामा विभिन्न क्षेत्रमा माघि महोत्सव छरिएर रहेको हुँदा आगामि वर्षहरुमा यसलाई नगर स्तरिय एउटै ठाउँमा आयोजना गरेर भब्य बनाउँनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितीका उपप्रमुख तारावती थारु, नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, वडा अध्यक्ष भिष्मराज भुसाल लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम प्रथम माघि महोत्सव समारोह समितीका संयोजक राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न भएको आयोजकले जनाएको छ ।








