सन्दीपलाई कप्तान पारस खड्काले डेब्यू क्याप हस्तान्तरण गरेका थिए। यसअघि जारी शृंखलाको पहिलो खेलमा नेपालका तर्फबाट विनोद भण्डारी, पवन सर्राफ र ललित नारायण राजवंशीले डेब्यु गरेका थिए।
को हुन् सन्दीप जोरा?
कञ्चनपुरका सन्दीप जोरा यूएई शृंखलाका लागि पहिलो पटक सिनियर टोलीमा परेका हुन्। घरेलु फ्रेन्चाइजी प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनी सिनियर टोलीको क्याम्पमा परेका थिए।
उनले पवन सर्राफको स्थानमा टोलीमा डेब्यू गरेका हुन्। सन्दीप यू १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन्। गत अक्टोबरमा भएको एसीसी यू-१९ एसिया कप छनौटमा यूएई यू-१९ विरुद्ध सन्दीपले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए।
नेपाली टोली :
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी