गृहपृष्ठ Featured हिलबर्ट इङ्लिश बोर्डिङ स्कुल द्वारा १०औ वार्षिकोत्सब को अबसर पारेर सप्ताह ब्यापी कार्यक्रम को घोषणा

हिलबर्ट इङ्लिश बोर्डिङ स्कुल द्वारा १०औ वार्षिकोत्सब को अबसर पारेर सप्ताह ब्यापी कार्यक्रम को घोषणा

प्रकाशित मिति:

जितपुर कपिलवस्तु- हिलबर्ट इङ्लिश बोर्डिङ स्कुल द्वारा १०औ वार्षिकउत्सब को अबसर पारेर सप्ताह ब्यापी कार्यक्रम को घोषणा गरेको छ। १०औ वार्षिकउत्सब मुल ले सप्ताहको पहिलो दिन पत्रकार सम्मेलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। २०७५ माघ १७ गते पत्रकार सम्मेलन, २०७५ माघ 18 गते सरसफाइ कार्यक्रम ( सार्वजनिक स्थलहरुमा जस्तै पाटी पौवा खेल मैदान, बाटो, चोक , )२०७५ माघ १९ गते प्रभात फेरी, २०७५ माघ २० गते जेष्ठ नागरिक सम्मान कार्यक्रम,२०७५ माघ २१ गते भु पू बिदयार्थी पुनर्मिलन कार्यक्रम,२०७५ माघ २२ गते वार्षिकोत्सब मूलसमारोह कार्यक्रम रहने कुरा आयोजक हिल्बर्टले वैखरी मिडिया प्रा लि लाई जनाएको छ ।


कार्यक्रमको शुभारम्भ वयावस्थापन समिती अध्यक्ष दिपक खनाल को प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथीहरुमा सुरेन्द्र पाण्डे ( प्राचार्य ) सुरज न्यौपाने ( सह-प्राचार्य) युबराज रिमाल (अतिरिक्त कृयाकलाप सम्योजक )कार्यक्रम सम्योजन डिल्लिराज पाण्डेको रहेको थियो ।
वैखरी अनलाइन पत्रीका सँगै कपिलवस्तुका सम्भवत सबै पत्रकारहरुको उपस्थितीमा पत्रकार सम्मेलन को आयोजना गरिएको थियो । आगामी सत्रबाटै वयावस्थापन सङ्काय बाट +२ को तयारी रहेको कुरा प्रतिबेदन पेशगर्दै वयावस्थापन समिती अध्यक्ष दिपक खनालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

आगामी बर्षहरुमा बिद्यालयको स्तरोन्नतीमा अझै बिशेस बनाउने तयारी रहेको र  गतबर्ष ३७ जना बिद्यार्थीले S.E.E. दिएकोमा १९जना A+ ल्याएर उत्तिर्ण हुनुभएकोमा सप्ताह ब्यापी कार्यक्रममा स्वर्ण पदक र केही नगद राशी सहित्  बिद्यार्थी  सम्मानित गरिने कार्यक्रम रहेको पनि जानकारी गराउनु भयो साथै यो बर्ष गतबर्ष भन्दा बिद्यालयले अझै स्तरिय नतिजा ल्याउनेमा पनि सबैलाई विश्वस्त गराउनु भयो।

सम्बन्धित् समाचार