मालपोत कार्यालय चन्द्रौटामा बिगतका बर्षहरुको तुलनामा महिलाको नाममा नामसारी तथा जग्गा दर्ता गराउनेको संख्या बढ्दै गएको छ । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा २५ प्रतिशत छुट हुने भएकोले पनि पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता हुन थालेको इलाका मालपोत कार्यालय चन्द्रौटाका अधिकृत लक्ष्मण प्रसाद चालिसेले जानकारी दिनु भयो ।
चालु आर्थिक बर्षमा महिलाको नामा दर्ता गर्दा रु ३१ लाख १२ हजार ८९१ राजश्व समेत छुट भएको अधिकृत चालिसेले जानकारी दिनु भयो । चालु आर्थिक बर्षको पौष मशान्त सम्मा ३४९५ जनाले जग्गा पास गरेकोमा ११०१ जना महिलाको नाममा दर्ता भएको छ भने ३ करोड ५७ लाख ५७ हजार राजेश्व संकलन भएको छ ।
चालु आर्थिक बर्षमा ग्रामीण क्षेत्रबाट २८१ र सहरी क्षेत्रका ७३०जना गरी कुल १०११ जना महिलाहरुको नाममा लालपुर्जा पास भएको छ । मालपोत कार्यालय चन्द्रौटाले अनलाइन प्रणालीबाट काम सुरु गरेकोले हरेक डाटा अभिलेख राख्नु पर्ने भएकोले काममा केही सुरुवाती समयमा काममा केही ठिलो भएको भए पनि समयमा आएका सेवागाहीहरुको काम ५ बजे सम्म पनि हुने गरेको चालिसेले जानकारी दिनु भयो । मातपोल कार्यलयमा धेरै अनियमितता हुने गरेको बताउदै चन्द्रौटा मातपोत कार्यालयमा त्यसतो कुनै गुनासो भएमा कर्मचारीहरु लाई कारवाही गर्ने प्रतिवद्धता समेत चालिसेले गर्नु भयो ।