जेरुस्लम पोस्टका अनुसार इजरायली वैज्ञानिकहरुले उपचारको एक वर्षभित्र क्यान्सर रोगी स्वस्थ हुने दाबी गरेका छन्।
आफूहरुको क्यान्सर उपचार पद्धती सस्तो, भरपर्दो र प्रभावकारी हुने क्यान्सर उपचारसँग सम्बन्धीत संस्था ‘एस्सीलेरेटेट इभोलुसन बायोटेक्नोलोजिज लिमिटेड’ एइबीआइका संस्थापक डान आरीडोरले बताए।
उनले भने,‘विकासको क्रममा रहेको यस पद्धतीबाट कुनै असर हुने छैन। हामी एक वर्षभित्र क्यान्सर रोगीलाई पूर्ण रुपमा निको बनाउँनेछौं।’
एइबीआइ संस्था सन् २००० मा स्थापना भएको संस्था हो। जैविक औषधी निर्माण गर्ने यस संस्थाले विभिन्न रोगको उपचार पद्धती, औषधीको उत्पादन गर्दछ।
यस संस्थाका वैज्ञानिकहरुले मुटाटो अर्थात् ‘मल्टि–तार्गेट टक्सीन’ सबै रोगीलाई हुने औषधीहरु उत्पादन गर्ने गर्दछन्। विशेषगरी विभिन्न क्यान्सर रोगीहरुलाई लक्षित गरी यस संस्थाले जैविक औषधी उत्पादन गर्दछ। एइबीआइका कार्यकारी अधिकृत डाक्टर इरान मोरादले भने,‘हामीहरुले क्यान्सरको कोषलाई नष्ट गर्ने औषधी निर्माण गरिरहेका छौं।’