इजिप्टमा हालै भेटिएको नयाँ चिहानमा दुई हजार वर्षअघिका ५० मम्मी लाशहरु फेला परेका छन्। राजधानी काइरोदेखि दक्षिणको मिन्यास्थित ऐतिहासिक स्मारक क्षेत्र टुना इल–गबेल साइटमा ती हजारौं वर्ष पुराना मम्मीहरु फेला परेका हुन्।
परातत्व विधहरुका अनुसार ती लाशहरु ३०५ देखि ३० बिसीका हुन्। जसमध्ये १२ बालबालिका तथा दश जनवारका समेतका लाश छन्। ती लाशहरु काठ तथा ढुंगाका कफिनमा रहेको जनाइएको छ। ९ मिटर गहिरो दफन कक्षको ६ कोठाहरुमा ती मम्मी लाशहरु फेला परेका हुन्।
ती लाशहरु धनाढ्य र शासक वर्गको भएको अनुमान गरिएको छ। यस्ता अनुसन्धानले इजिप्टो पुरानो इतिहास थाहा पाउन मदत पुग्ने पुरात्त्व विद मोहमद रागबले जनाएका छन्।
धनाढ्य र शासक वर्गको लाशलाई संरक्षण गर्ने हिसाबले पट्टीहरुले बाँधिएर चिहानमा पुरिने लासलाई मम्मी भन्ने गरिएको छ। यो संस्कार विशेषगरी इजिप्टमा पाइन्छ।