गृहपृष्ठ Featured शीतको पातपान- कविता

शीतको पातपान- कविता

प्रकाशित मिति:

?शीतको पातपान?

रातभर म प्यासी प्यासी
तिम्रो एक बुँद पानीको आशामा काटिरहे

चिसो हावाले हल्लाएर
नाजुक पातहरू झारेर गयो

चराचुरुङ्गी आएर
पातहरूलाई ठुङ्गेर गए

एउटा तारा यतै तिर झर्दै थियो
खै कता हरायो त्यो पनि

जूनकिरी यहि बाटो टर्च लाइट बालेर गएको थियो
तर पनि देखिएनौ तिमी

असिनाको चिसो प्रहारले
मेरो मुटुलाई च्यातेर गयो

तर पनि तिमीलाई पर्खेर बसिरहेँ

मेरो यो सच्चा प्रेमको समर्पण देखेर
जूनले पनि आँसु खसाल्यो

त्यहीँ मोती जस्ताआँशुमा
तिमीलाई पठाइदियो

जब तिम्रो आलिङ्गनमा मेरो कोमल पातमन बेरियो
मेरो रङ्ग गुलाफी भयो
म पग्लिए सपर्पित भएँ
तिम्रो एक-एक स्पर्शले
म तातिए
म मातिए
तिमी म सँगै
अल्झिरहयौ
बल्झिरहयौ
मेरो अङ्गमा तिमी झुण्डिएर पिङ खेल्यौ आनन्दको
कुहिरोले पनि हाम्रो प्रेमलीलालाको रक्षार्थ
पर्दा सर्काइदियो

यो खुसी क्षणभङ्गुर थियो
भाष्करको प्रकाशले तिमीलाई
बादल बनाएर उडाइदियो

म फिरफिर
फिरफिर बिदाइको पात हल्लाए
सायोनाराको इशारा गरिरहे मौन संवादमा….

सम्बन्धित् समाचार