गृहपृष्ठ Featured प्रदेश ५ को राजधानी बनाउन कपिलबस्तुमा बहस

प्रदेश ५ को राजधानी बनाउन कपिलबस्तुमा बहस

प्रकाशित मिति:

जिल्लामा प्रदेश ५ को राजधानी कपिलबस्तु बनाउन सर्बपक्षिय अन्तरसम्बाद कार्यक्रम गोरुसिंगेमा सम्पन्न गरिएको छ । ऐतिहासिक अनुकुलता र विवाद रहित सहमती, समुन्नत प्रदेश निर्माणका लागि कपिलवस्तुमा राजधानी भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको हो । सो कार्यक्रममा उपस्थित विभिन्न निकायका प्रमुख एवम् प्रतिनिधिले कपिलवस्तुलाई राजधानि बनाउनु पर्नेमा सकारात्मक धारणा व्यक्त गर्नु भएको छ । यस अभियान मा प्रदेश, स्थानिय प्रतिनिधि आफ्नो र राजनीति स्वार्थ भन्दा माथी उठेर सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा पुर्व मन्त्री एवम् सांसद बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्यहरु दिर्घनारायण पाण्डेय, रिना नेपाल, सहसराम यादव, धर्मवहादुर लाल श्रीवास्तव, पुर्व सिचाई राज्य मंत्री सुरेन्द्र राज आचार्य लगायतले दाङ र बुटवलको विकल्पको रुपमा कपिलवस्तु नै प्रदेश राजधानी हुन सक्ने र यसका लागि राजैतिक संवाद अघि बढाउने बताएका छन् । कार्यक्रममा कपिलवस्तु राजधानी अभियानका संयोजक पोम नारायण पौडेल, जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल, नगर प्रमुख केशव श्रेष्ठ, स्थानीय राजनितिक दल, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधीहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो । कपिलबस्तु स्थायी राजधानी अभियान कपिलबस्तुको आयोजना, बुद्धभुमि नगरपालिकाको व्यवस्थापनमा भएको छ ।

सम्बन्धित् समाचार