कपिलवस्तु १५ ज्येष्ठ -कपिलवस्तु सदरमुकाम तौलिहवामा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नं १ को आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । शिविरमा आँखा चेक जाँच गर्ने क्रममा ३३ जना लाई मोतिया विन्दु भएको भेटिएको थियो उक्त मोतिया विन्दु भएकाहरूलाई पछि आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने दृष्टि विशेषज्ञ प्रमोद यादले बताएका छन् । यस्तै गरी १ नं वडालाई आगामी दिनमा पूर्ण रूपले दृष्टीविहीनता मुत्त वडा घोषणा गरिने वडा अध्यक्ष सुदिप पौडेलले बताएका छन् । आँखा चेक जाँच गराएका २५ जना अति गरिब तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क चस्मा वितरण गरिएको पौडेलले जानकारी दिएका छन् । एक दिने सञ्चालन गरिएको शिविरमा २९५ जनाले आफ्नो आँखा चेक जाँच गराएका थिए,