गृहपृष्ठ खबर बाणगंगामाको वडा नः २ उद्यमशिलता स्वरोजगार कार्यक्रम सम्पन्न

बाणगंगामाको वडा नः २ उद्यमशिलता स्वरोजगार कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा उद्यमशिलता बिकास गरि स्वरोजगार कार्यक्रम सम्पन्न भएको छ । वडा नः २ पिपरा स्थित वडा कार्यालयको भवनमा भएको कार्यक्रममा उद्यमशिलता अभिमुखीकरण कार्यक्रम सहित स्वरोजगारीका लागी उपकरण समेत हस्तान्त्रण गरिएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बाणगंगाका युवाहरुको क्षमता र सिप बाणगंगाकै बिकासका लागी लगाउनु पर्नेमा आफुले जोड दिएको बताउदै स्वरोजगारमुखी सिप र अध्ययन सिक्न आवश्यक रहेको बताए । त्यस्तै उपमेयर चक्र अर्यालले सिकेको सिप ब्यवहारमा उर्तान आवश्यक रहेको बताउदै मन लागेको कामका क्षेत्रमा सिप सिक्न आग्रह गरेका छन । वडा नः २ का अध्यक्ष बिष्णु पौडेलले समय सापेक्ष युवाहरुको लागी आवशयक पर्ने सिप तथा तालिमका लागी वडाले स्रोत जुटाएर भएपनि वडामा बेरोजगारी घटाउन तर्फ आफु लागेको बताए । कार्यक्रममा घरेलु जिल्ला कार्यत्रलय कपिलवस्तुका प्रमुख राजन केसिले सहजीकरण गरेको वडा सचिव नरेन्द्र पोखरेलले जानकारी दिए ।

सम्बन्धित् समाचार