गृहपृष्ठ Featured फोहोर गर्नेवाट शुल्क लिने तयारी :मेयर श्रेष्ठ

फोहोर गर्नेवाट शुल्क लिने तयारी :मेयर श्रेष्ठ

प्रकाशित मिति:

बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले दुइ वर्ष सम्म नगरले निःशुल्क रुपमा फोहोरो उठाउने काम गरेकाले अव फोहोर गर्नेवाटै शुल्क लिने तयारी गरेको वताउनु भएको छ । स्थानिय तहले सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाह गर्नुपर्ने स्थानियको मागमा सहमति जनाउदै यस्तो प्रस्ताव राख्नु भएको हो । नगरपालीकामा सेवालिन जादाँ कर्मचारीले अनौतिक व्यवहार गरेको धेरैले गुनासो गरेका छन् । सोमवार बुद्दभुमी नगरपालिकाको  आयोजना तथा नेपाल पत्रकार महासघ कपिलवस्तुको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा  सेवाग्राहिले यस्तो गुनासो गरेका थिए ।कार्यक्रममा सहभागी भएका नगरवासीले आफनो समस्या राख्दै सामाजिक सुरक्षा भत्ताका लागी अनिवार्य बैकिंङ प्रणाली लागु गरेपछि रोगी बृद्ध , अशक्तलाई झनै सास्ती भएको बताएका छन् । विकासको नाममा आवश्यक नै नभएको ठाउँमा बाटो बनाउनु अनुचित रहेको बताएका छन् ।

स्थानिय दिव्यरुपा खनालले ढल निकासको योजना अलपत्र अवस्थामा रहेको बताउदै समयमै कार्य सम्पन्न गरी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।गुनासो सम्बोधन गर्दै बुद्दभुमी नगरपालिका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी नभएको कारण सेवाग्राहिलाई सहजै सेवादिन नसकेको बताउनु भएको छ ।कर्मचारी समायोजनले गर्दा  दरबन्दी अनुसारका कर्मचारी छैनन ।त्यसैले जनताले चाहे जसरी सबै काम छिटो छरितो गर्न सकिरहेका छैनौ उहाले भन्न्भयो  ।श्रेष्ठले नगरमा भएका  जनशक्तिलाई उत्प्रेरणा जगाउदै न्यून कर्मचारीबाट पनि अत्यधिक सेवा प्रवाह भने गरी रहेको बताउनु भयो ।समस्या समाधानका लागी छलफल भैरहेको र आगामी दिनमा सहज वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गनुभयो  । कार्यक्रममा बोल्दै उहाले पत्रकारलाई हचुवाको भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा  नगर उपप्रमुख मिरा चौधरी र वार्ड  न २ का अध्यक्ष भेषराज शर्माले पनि वडा वासिका गुनासो सम्बोधन गर्दै आगामी दिनमा वडाबाट दिने सेवा थप सहज र सरल बनाउने प्रतिबद्दता व्यक्त गर्नु भयो । कार्यक्रममा बुद्धभुमि नगरपालीका वडा नं. एकका अध्यक्ष तिलक बस्नेत लगायतको सहभागिता थियो ।पत्रकार महासंघका मणि गैरेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार