गृहपृष्ठ Featured कपिलवस्तुमा पानीमा डुबेर ३ जनाको मृत्यु

कपिलवस्तुमा पानीमा डुबेर ३ जनाको मृत्यु

प्रकाशित मिति:

कपिलबस्तुको शिबराज नगरपालिका २ हल्लानगर स्थित सुरहि खोलामा पौडि खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । गर्मी बढे सँगै खोलामा पौडी खेल्ने क्रममा उनिहरु डुबेका थिए । ४ जना पौडि खेल्ने क्रममा ३ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मृत्यु हुनेमा बिजयनगर गाउँपालिका (६ का १६आशिष भट्टराई ,बर्ष १८ को सुमित सुनार बर्ष १७ को निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय चन्द्रौका प्रहरी निरिक्षक मोतिलाल योञ्जन तामाङको कमाण्डमा खटिईको टोलीले गई पानिमा डुबेका व्यक्तिहरुलाई मृत अवस्थामा पानि बाट बाहिर निकालेको थियो । १ जना भने बाच्न सफल भएका छन घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

सम्बन्धित् समाचार