गृहपृष्ठ Featured शिवराजमा पानीमा डुबेर मृत्यु भएका ३ जनाको सामूहिक दाहसंकार

शिवराजमा पानीमा डुबेर मृत्यु भएका ३ जनाको सामूहिक दाहसंकार

प्रकाशित मिति:

कपिलबस्तुको शिवराज नगरपालिका २ हल्लानगर स्थित सुरहि खोलामा मंगलबार पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएका ३ जनाको आज लक्ष्मण घाटमा दाहसंस्कार गरिएको छ । बिजयनगर गाउँपालिका ६ का १६ वर्षका आशिष भट्टराई, १८ बर्षका सुमित सुनार र १७ बर्षका कानिरन्जन भुसालको ३ सामूहिक दाहसंस्कार गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले आज श्रद्धाञ्जली सभाको आयोजना गर्दै समवेदना प्रकट गरेको छ । सो कार्यक्रममा जिल्ला अध्यक्ष झविलाल पोखरेल, सचिव रामचन्द्र शाह, केन्द्रीय सदस्य विमला घिमिर,े प्रदेश सचिव बलराम अधिकारी, प्रदेश सदस्य कृष्ण पौडेल, खुमप्रसाद आर्चार्य लगायतले फूल, अविर अर्पण गर्दै समवेदना प्रकट गर्नुभएको थियो ।

जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहको ,हस्ताक्षरित विज्ञप्तीमा शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस्र भन्दै दुःख व्यक्त गरिएको प्रचारप्रसार विभागका लक्ष्मण वेल्वासेले जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार