यही आउँदो आइतबारदेखि कपिलबस्तुमै पहिलो पटक “वेव डिजाइन तथा डेभलवमेन्ट” तालिम संचालन हुन लागेको छ । काठमाडौंमा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वेव डिजाइन र डेभलवमेन्ट गर्दै आएको आइटी कम्पनी नेक्टर डिजिटले सो तालिम संचालन गर्न लागिएको हो।
छोटो समयमै स्तरीय “वेव डिजाइन तथा डेभलवमेन्ट” मा योग्य बनाउने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरेको नेक्टर डिजिटका सिइओ अमृत स्पर्सले जानकारी दिए। सिंगो कपिलबस्तुमै पहिलो पटक हुन लागेको वेव डिजाइन तथा डेभलवमेन्ट बुट क्याम्प ले नयाँ प्रतिभालाई जन्माउने लक्ष्य राखेको बताए । पछिल्लो समय बढ्दै गएको आईटी क्षेत्रको दक्ष जनशक्ति अभावलाई यसले केही हदसम्म पनि परिपूर्ति हुने अपेक्षा गरेका गरिएको छ ।
देश संघीयतामा गएसँगै स्थानीय क्षेत्रमा बढ्दै गएको अवसरलाई सदुपयोग गर्न र स्थानीय युवालाई योग्य बनाउन आफूहरूले यस्तो “क्याम्प ” राखेका स्पर्सले जानकारी दिए । कपिलबस्तुमै स्तरीय वेव डिजाइन र डेभलवमेन्ट नभएको अवस्थामा यहाँका स्थानीय युवालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कपिलबस्तुको जितपुरस्थित “न्यू युनिक कम्प्युटर इन्टिच्यूट” देउराली सदनमा हुने तालिम एक सातासम्म चल्नेछ। तालिममा सहभागी हुनेले न्यू युनिक कम्प्युटर इन्टिच्यूटमा गएर नाम टिपाउन सकिने आयोजकले एक सूचना जारि गरेको छ । यसै बिच कप्पनीले न्यू युनिक कम्प्युटर इन्टिच्यूटसँगको सहकार्यमा कपिलबस्तुममै शाखा खोलेर सेवा दिने भएको छ। स्थानीय क्षेत्रमा छरिएर रहेका युवालाई साथ लिएर स्थानीय क्षेत्रकै विभिन्न संघ संस्था तथा सरकारी निकायलाई भरपर्दो वेव डिजाइन गर्नका लागि यहाँ शाखा खोल्न लागेको कम्पनीका सिइओ स्पर्सले बताए।
स्थानीय क्षेत्रमा दक्ष जनशक्ति अभावलाई यस्ता कार्यक्रमले थप सहयोग पुग्ने न्यू युनिक कम्प्युटर इन्टिच्यूटका सञ्चालक घनश्याम चौधरीले बताए। यो कार्यक्रम कपिलबस्तुमै नमुना कार्यक्रम हुन लागको छ। यसले कम्प्युटरमा थोरै जानकारी भएकालाई पनि वेव क्षेत्रमा योग्य बनाउन सहयोग पुग्ने सिइयो स्पर्सशले बताए । हाम्रो क्षेत्रमा भइरहेको आइटी क्षेत्रका दक्ष जनशक्ति अभाव परिपूर्ति हुने र सानो कामका लागि पनि बाहिरबाट महंगोमा जनशक्ति खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै, आर्थिक संगै समयको बचत हुँदै जाने छ ।
आखिर नेक्टर डिजिट के हो त ?
काठमाडौंमा मुख्य कार्यालय रहेको नेक्टर डिजिट एउटा आइटी कम्पनी हो। यसले वेव सम्बन्धी सम्पूर्ण कामहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएको छ। यस कम्पनीले वेव होस्टिङ, प्रोग्रामिङ, वेवसाइट निर्माण, एप्प निर्माणलगायत आइटी क्षेत्रका हुने सबै सेवाहरू दिँदै आइरहेको छ।
उक्त कम्पनि मार्फत अहिलेसम्म ६ दर्जनभन्दा बढी वेवसाइट निर्बमाण भइसकेको छ । कम्पनिले निकट भविश्यमा अन्य तालिम र कार्यक्रमहरू गर्दै जाने बताइएको छ।