कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ६ वैदौलीमामा रहेको कपिलवस्तु ज्ञान ज्योती शिक्षा सदनमा शिक्षकको कुटाईबाट घाइते भएका छन । होमवर्क नगरेको भन्दै गणित शिक्षकको कुटाईबाट कक्षा ९ मा अध्ययनरत ४ जना बिद्यार्थीलाई हात र खुट्टामा पिटदा घाइते भएका हुन । घाइते बिद्यार्थीको उपचार बाणगंगाको चार नः जितपुर स्थित सि एण्ड सि हस्पीटलमा उपचार गर्न बिद्यार्थी लान पर्ने अवस्थासम्म आएपछि घटना बाहिर आएको हो । कुटिने बिद्यार्थी सुरज रायमाझी, पुजा भट्टराई , राहुल राना र अभिशेष पोखरेल रहेका छन ।
पिटाईपछि बिद्यार्थीलाई सि एण्ड सि अस्पतालमा ल्याई एक्सरे गर्दा हङ्खीमा समस्या नभएको पाएको र भित्रि नशा सुनीएकाले केही दिन हात चलाउन र लेख्न समेत गाह्रो हुने हुदा आराम गर्न अस्पतालले लगाएको स्थानियले वैखरी अनलाइनलाई जानकारी दिएका छन । आइतबार बिद्यार्थी सुरज रायमाझीको उपचार गर्न बिद्यालयकै शिक्षक अस्पताल पुग्नु पर्ने बाध्यता बनेको थियो । अन्य तिन जना बिद्यार्थीलाई भने सोमबार दिउसो बिद्यालयका एकाउण्टेनले ल्याई एक्स रे गराई रहेको बुझीएको छ । यस बिषयमा स्कुलका प्रिन्सीपल ठाकुर प्रसाद पोखरेलले पठनपाठनका क्रममा कहीलेकाही दुर्घटना भई हाल्नु स्वभाविक रहेको बताउदै बिद्यालय र अभिभावकबिच सहमति भई सकेको बताए । पिटने गणित शिक्षक राधेश्याम चौधरीलाई बिद्यालयले निस्काशन नगरेको बताउदै तरपनि चौधरी बिद्यालय नआएकोले के कसो हो किन नआएको थाहा नभएको बताए । बिद्यार्थीका लागीनै शिक्षकले यस्तो गरेको बताउदै पिटाई भने अलि बढिनै भएको प्रिन्सिपलले स्वीकार गरेका छन ।
बिद्यार्थीहरु कक्षा ९ मा मात्र पढने भएकाले यसरी पिटदा बिद्यार्थीको मानसिक बिकासमा अवरोध पुग्ने स्थानिय सरोकारवाला बताउछन ।
बाणगंगाकाे ज्ञान ज्योती शिक्षा सदनमा शिक्षकको कुटाईबाट ४ बिद्यार्थी घाइते


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१६३६ किलो गाँजासहित २ जना पक्राउ
६ घण्टा अघि
आजदेखि आईपीएल क्रिकेटको १८औँ संस्करण
६ घण्टा अघि