गृहपृष्ठ Featured बिप्लवद्धारा भोली मगंलबार नेपाल बन्दको घोषणा

बिप्लवद्धारा भोली मगंलबार नेपाल बन्दको घोषणा

प्रकाशित मिति:

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको क्रुरतापूर्वक हत्या गरिएको विरोधमा भोलि उक्त पार्टीले नेपाल बन्दको आव्हवान गरेको छ ।

प्रहरीबाट पौडेलको हत्या भएको विप्लव समुहको दाबी छ । यद्धपी गृहमन्त्री थापाले सोमबार उनी दोहोरो मुठभेडमा मारिएको दाबी गरेका छन् ।  निशस्त्र कार्यकर्ताको हत्या भएपछि विप्लव समुह राज्यप्रति आक्रोशित बनेको छ ।

आफ्ना नेताको हत्याको बदला एकिकृत जनक्रान्तिबाटै लिने उसले चेतावनी समेत दिइसकेको छ । महासचिव विप्लवले समेत पछिल्लो समय जारी गरेको विज्ञप्तिमा

रक्षाका लागि तयार रहनु भन्दै कार्यकर्तालाई निर्देशन दिएको उल्लेख छ ।

विप्लव नेकपाको सर्लाही  जिल्ला इन्चार्ज रहेका पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा विप्लव नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा भु-माफियाहरुले कब्जा गर्न खोजे पछी विप्लव नेकपाले कब्जा गरी सुकुम्बासीहरुलाई राखेको थियो ।

पौडेल सुकुम्बासीहरुका बीच निकै प्रिय नेता थिए । पौडेलले भू-माफियाहरुबाट जग्गा खोसेर स्थानीयलाई बसालेपछि उनको सामाजिक छवि सकारात्मक थियो ।

घर जग्गा नभएकालाई मूर्तिया क्षेत्रमा जग्गा दिलाउने, घर बनाउन सहयोग गर्ने आदि काममा कुमार सक्रिय थिए । उनको पक्षमा सारा वस्तीनै थियो । कुमारको निर्देशनमा १० औं हजार मानिस तुरुन्त सडकमा आउन तयार हुन्थे ! तर, एक्कासी उनको किन सरकारले हत्या गर्यो ? गाँउनै शोकाकुल बनेको छ ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

आइए उत्तीर्ण पौडेल सितेरियोका ब्ल्याक बेल्ट समेत हुन् ।  पूर्व खेलाडीसमेत रहेका पौडेल पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए ।

मेयरलाई दिइएको थियो कारवाहीको चेतावनी

विप्लव नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । पछिल्लो समय सो नगरपालिकामा प्रहरी सक्रियता बढाइएको स्थानीयले बताए ।

सम्बन्धित् समाचार