गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयंंसेवीलाई साम्रगी वितरण 

बुद्धभूमि नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयंंसेवीलाई साम्रगी वितरण 

प्रकाशित मिति:

बुद्धभूमी नगरपालिकाको स्वास्थ्यशाखाले नगरपालिका क्षेत्र भित्रकार्यरत महिला स्वास्थ्यस्वम सेवीकाहरुलाई विभिन्न साम्रगी वितरण गरेको छ । प्रत्यक वडामा कार्यरत महिला स्वास्थ स्वंमसेवीलाइ गाउंघरमा सेवादिनका लागी सहजता दिनको लागीझोला, टर्च लाइट , छाता लगायतका साम्रगीवितरण गरिएको छ ।

नगरपालिका भित्रका १ सय ४२ महिला स्वास्थ स्वंमसेवीलाइ उक्त साम्रगीवितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । महिला स्वास्थ स्वंमसेवीलाई राज्यले उचित सम्मान तथा पारिश्रमीक दिन नसके पनि सानो सहयोग र सेवा नै धर्म हो भन्ने मर्मको उच्च मुल्याकंन नगरपालिकाले गरेको पाध्याको भनाइ छ ।

नगरपालिकामा यस वर्ष बाट एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको छ । सुत्केरी तथा गर्भवतीको लागीजिल्ला भरको स्वास्थ्य सेवामाउपचार गराउदानिःशुल्क एम्वुलेन्स सेवादिएको स्वास्थ्य संयोजक डोल विक्रम बेल्वासेले बताए । गत साल सबै नगरकामहिला स्वास्थ स्वंमसेवीलाई सिम कार्ड र मोवाइल खरिद गरि वितरण गरिएको समेत बेल्वासेले बताए । कार्यक्रममा प्रशासकीय अधिकृत राजनकुमार पोख्रेल, वडा नं ४ का अध्यक्ष पवनकुमार थारु ,बुढ्डी स्वाथ्यचौकी इन्र्चाज शिला खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्यकर्मी गाोकर्ण अर्यालको संचालनमा सम्पन्नभएको थियो । आर्थिक वर्ष २०७६।७७ मा महिला स्वास्थ स्वंमसेवीलाई पोत्साहन स्वरुप केही रकमको व्यवस्था गरिने सो अवसरमा वडा अध्यक्ष पवनकुमार थारुले बताए ।

सम्बन्धित् समाचार