प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्ष्र भएको हो । सहमति अनुसार शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’, लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको ‘गलबन्धी÷पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’, भन्ने अंशका लय मिल्न गएको निचोड निकालिएको छ । ‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’, दुवैले गरेको सहमतिको पहिलो बुँदामा भनिएको छ।
शम्भु राई र प्रकाश सपूतबीच अन्ततः सहमति, यसरी मिल्यो कुरा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा दुई समूहबीच झडप : ९ जना घाइते
१० घण्टा अघि
गुल्मीको छल्दी खोलामा झोलुङ्गे पुल निर्माण
१० घण्टा अघि