गृहपृष्ठ Featured स्मार्ट भिलेज निणर्माण योजना सहित किृष्णनगर नगरपालिकाको नगर सभा सम्पन्न

स्मार्ट भिलेज निणर्माण योजना सहित किृष्णनगर नगरपालिकाको नगर सभा सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले चौथो नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृष्णनगर नगरपालिकाले आ.ब २०७६, ७७ का प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्मार्ट भिलेजको लागि एक गाउको छनौट गरि कार्यन्वयन गरिने योजनाका साथ निति तथा कार्यक्रम सार्वजनिक गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
मंगलवार कृष्णनगर नगरपालिकालाई सुशासन तथा संस्थागत विकास अन्तरगत नगरमा भू–उपयोग नीति सहतिको दीर्घकालीन एकिकृत शहरी विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
नगर प्रमुख शाहले नगरपालिकालाइ पूर्ण सूचना प्रविधि मैत्री बनाउदै नगरपालिकामा गुनासो सुनुवाई संयन्त्र एवं विद्युतिय नागरिक वडापत्रको व्यवस्था गरिने योजनाका साग निति कार्यक्रम ल्याएको बताउनु भयो । कृष्णनगर नगरपालिकाले कृष्णनगर नगरपालिकाका सम्पत्तीको अभिलेख सार्वजनिक गर्ने र त्यसको उचत उपयोग, संरक्षण तथा संवद्र्धन गरि लक्ष्य रहेको प्रमुख शाहले बताउनु भयो ।
नगरपालिकाले उठाउने सबै प्रकारका करहरु वडा कार्यालयबाटै प्रविधिको उपयोग गरी सफ्टववेयर मार्फत संकलन गर्ने व्यवस्था मिलाइने योजना रहेको छ । नगरपालिकाको कार्यलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कर्मचारीहरुका समस्याहरुको सुक्ष्म रुपमा अध्यन गरी समस्या समाधानका उपयुक्त माध्यमहरु अपनाई उत्प्रेरणाका माध्यमबाट कामले कर्मचारी नभै कर्मचारीले काम खोज्ने वातावरणको सिर्जना गरिने योजना रहेको छ ।
नगरक्षेत्र भित्र नगरबासीलार्ई ल्याण्डलाइन टेलिफोन, इन्टरनेटको पहुँच पुर्याउन सम्बन्धित निकायहरुमा पहल गर्ने र मुख्य बजार क्षेत्र, पार्कमा वाइफाइ जोनको शुरुवात गरिनेछ बताइएको छ । स्थानीय संचार माध्यमकोहरुसँगको सहकार्य गर्दै संचार संस्थाहरुसँग सहकार्य गरिनेछ ।
पाचौ नगर सभामा सामाजिक विकास नीति विकासको मूलप्रवाहमा पहुँच पु¥याउन महिला, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, मधेशी, धार्मिक समुदाय, जनजाती, बालबालिका, आदिबासी, एकल महिला लगायतका वर्ग र समुदायहरुको क्षमता विकास, आयआर्जन, सशक्तिकरण, अधिकार संरक्षणको आवश्यक व्यवस्था सहित काम गर्ने बताइएको छ ।
नगरपालिका क्षेत्र भित्रको सार्बजनिक विद्यालय मदरसामा अध्ययनरत छात्रालाई सेनेटरी पेडको निशुल्क व्यवस्था गरिएको । सरसफाई र स्वच्छतालाई ध्यानमा राखी “कृष्णनगर नगरपालिका स्वच्छता अभियान” मार्फत खानेपानी सरसफाईका कार्यक्रम संचालन गरीइनेछ्र नगरपालिका क्षेत्र भित्र विपन्न,गरिब घरपरिवारका “खर”का छाना भएका घरहरुलाई “टिनको”छाना प्रस्तिथापन गर्न “नगर प्रमुख आवास कार्यक्रम”लाई कार्यविधि बनाइ कार्यन्वयन गरीनेछ्र शिवराज अस्पताललाई ५० शैयाको बनाउन पहल गरीने योजना अघी सरिएको छ्र

आर्थिक विकास कृषिको माध्यमबाट आय आर्जन एवं स्वरोजगार विकासको लागि विशेष प्राथमिकता दिइनेछ । संभाव्यता पहिचान गरी प्रत्येक वडामा कम्तिमा एक कृषि उपजको पकेट क्षेत्र अवधारणा अवलम्बन गर्दै कृषि उत्पादनलाई व्यवसायिकीकरण गरी रोजगारी सिर्जना गनको लागि दिर्घकालिन कृषि गुरु योजनाको निर्माण गरीइनेछ्र नगर क्षेत्र भित्र कृषि उपज उत्पादनमा प्रयोग भैरहेको रासायनिक बिषाधिलाई न्युनिकरण गरी गर्न विभिन्न प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न साना सिंचाइ कार्यक्रम मार्फत कार्यक्रमहरु संचालन गरिनेछ । कृषि÷पशु विकास, दुध उत्पादन सहकारीको प्रवद्र्धन र विकासका लागि आधुनिक प्रविधि मार्फत नगरमा भएका सहकारी र कृषक समूहहरुलाई व्यसायिक तालिम प्रदान गरिनेछ । साथै नगरमा उत्पादित कृषि जन्य उपजहरुको वजारिकरण र व्यवस्थापनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

भौतिक पूर्वाधार विकास समिति नगरस्तरीय गौरवका आयोजनाहरु छनौट गरी कार्यान्वयनको लागि बजेटको सुनिश्चितता गरिनेछ । नगरबासीको यातायातमा सहज पहुँच पु¥याउन तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि बसपार्क निर्माण र कृष्णनगर रिङ्गरोडको सम्भाव्यता अध्ययन गरी संघीय र प्रदेश सरकारसँग निर्माणका लागि पहल गरिनेछ । यातायात व्यवसायीहरुसँग समन्वय गरी नगरबस संचालन गर्न पहल गरिनेछ ।

वन वातावरण संरक्षण, विपद् व्यवस्थापनको लागि व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । पानीका मुहान, पोखरी, ताल, तलैया संरक्षणमा विशेष लगानी गरिने छ । विपद व्यवस्थापनको लागि विपद व्यवस्थापन कोषमा रकम विनियोजन गरिनेछ । यस कोषेको रकम स्वीकृत मापदण्ड बमोजिम विपद परेकाकाहरुलाई तत्काल उद्धार राहत र सहयोगको कार्यक्रम संचालन गरिनेछ । वडा एवं बस्ती स्तरमा विपद व्यवस्थापनको लागि नागरिक परिचालन गर्न वडा र वस्ती स्तरीय विपद व्यवस्थापन समिति गठन गरिने छ ।

सम्बन्धित् समाचार