गृहपृष्ठ Featured प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले टोल सरसफाई कार्यक्रममा झाडु लिएर सडकमा निस्किएपछि

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले टोल सरसफाई कार्यक्रममा झाडु लिएर सडकमा निस्किएपछि

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले टोल सरसफाई कार्यक्रममा झाडु लिएर सडकमा निस्किएपछि अन्य नागरिकहरु पनि निस्कन वाध्य भए । बुधवार विहानै विकास र न्यायका लागी एकल महिला संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रममा उनी झाडु लिएर सरसफाईको लागी निस्किएका हुन ।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिभिजन वन कार्यालय गौतमवुद्धको सहयोगमा सरसफाई कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी हुँदै प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले सरसफाई अति आवश्यक रहेकोले यसमा ध्यान दिन आग्रह गरे । आफ्नो घर अगाडि आफैँ सफा गर्नुपर्ने भएकोले कसैको आशमा वस्न नहुने उनले बताए ।

सवै घरपरिवारलाई सरसफाई अभियानमा सहभागी हुन आग्रह गर्दै सांसद केसीले फोहरमैलाबाट बच्न सचेत गराए । केही ब्यवसायीहरुले फोहोर ब्यवस्थापनमा ध्यान नदिएको भन्दै लापरवाही नगर्न आग्रह गरे ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले सरसफाई नागरिकको अमुल्य सम्पती रहेकोले बेलैमा सचेत नभए अकालमै ज्यान जान सक्ने जनाए । परिवारका कुनै पनि सदस्यले सरसफाईमा लापरवाही गरे परिवारनै सिकार बन्न सक्ने भएकोले सचेत हुनुपर्नेमा उनले जोड दिए । नगरलाई पुर्ण सरसफाई बनाउने तयारी रहेकोले सफल पार्न सवैको सहयोग आवश्यक रहने अधिकारीले जिकिर गरे ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनितिक दल, समाजसेवी, बाल क्लवलगायत दुई सय वढीको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार