गृहपृष्ठ Featured बुद्धभुमि नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ।।

बुद्धभुमि नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ।।

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । बिहिबार  बुद्धभुमि नगरपालिकाको वडा नं ४ मा कार्यक्रमको उद्घघाटन गरिएको हो । रोजगार कार्यक्रममा स्थानीय बरोजगारहरुको उल्लेखनीय सहभागी रहेको छ ।

उक्त कार्यका लागि आवश्यक औजारहरु र पोषाक पनि प्रदान गरिएको छ ।नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्र रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यन्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी सबैलाई वडामा भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्गत यो कार्यक्रमले स्थानीयलाई रोजगार मात्र नभएर आफ्नो गाउ ठाउ बनाउने राम्रो अवसर दिएकोले यसलाई भोली यो ठाउ मैले बनाएको भनि गर्व गर्ने ठाउ बनाउन आग्रह गर्नु भयो ।

सम्बन्धित् समाचार