गृहपृष्ठ Featured कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

प्रकाशित मिति:

‘बहादुरगञ्ज वासीको सान, अबको पालो पूर्ण सरसफाई अभियान’ भन्ने नाराका साथ कृष्णनगर नगरपालिका वडा न. ८, ९ खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिएको छ ।

साविकको बहादुरगञ्ज गाविस र अहिलेको कृष्णनगर नगरपालिका वडा नम्बर ८, ९ का सबै घरधुरीमा चर्पी निर्माण भएसँगै गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

जम्मा १ हजार ६ सय ७९ घरधुरीमध्ये १ हजार १ सय ५२ घरधुरीमा पक्की चर्पी, १ सय ३५ घरधुरीमा कच्ची चर्पी, २ सय ८८ घरधुरीमा सगोल (साझा) चर्पी छ भने १ सय १४ घरधुरीमा चर्पी निर्माणधीन अवस्थामा रहेको वडा न. ९ का सचिव अनवर अहमद खानले प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्लामात्र बाँकी रहेको हुनाले आ–अफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउन सहयोग गर्न कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुरोध गर्नुभयो ।

सम्बन्धित् समाचार